
Syees
Pbu
Gsl
Ddhbs
Gsbus
Ssbus
Rbs
Amb
Bksbus5
syysr
gms
dsbus
Ratbs
Csbus
Nssbus7
Jsbus

Hal
Gst
Rsb
Rgu
Rgu
Tsm
Pvg
Bbbpu
Ggd
Sbs
Ksm
Bbu
Sls
Ssm
Rgs
nsb
Asm
Wsp
Vor

Jmb
Ptm
Rmb
Syp
Mks
Abd
bbt
Pls
Gsb
Jmb
Rpp
sab
Bml
दाङ । दाङको घाेराहीस्थित गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल राष्ट्रिय शिक्षा सम्मान २०८० बाट सम्मानित भएकाे छ ।
फोकस नेपालले गोरखा घाेराहीलाई राष्ट्रिय शिक्षा सम्मान २०८० बाट सम्मानित गरेको हो । त्यस्तै गाेरखा मावि तुलसीपुरले देशमै उत्कृष्ट स्कुलको अवार्ड पाएको छ । फोकस नेपालले गोरखा माविलाई देशकै उत्कृष्ट विद्यालयका रुपमा उत्कृष्ट मावि २०८० अवार्ड प्रदान गरेको हो
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच देशभरका उत्कृष्ट १० वटा विद्यालयहरुलाई सम्मान गरिएको हो । दुवै संस्थालाई काठमाडौमा फाेकस नेपाल संस्थाद्वारा आयाेजित वर्तमान शिक्षा नीति र आगामी चुनाैति विषयक विचार गाेष्ठि, सम्मान प्रदान तथा विशेष सांस्कृतिक समाराेह कार्यक्रममा सम्मान प्रदान गरिएकाे थियाे ।
समयानुकूल प्रतिस्पर्धात्मक र गुणस्तरीय शिक्षा प्रदान,अतिरिक्त क्रियाकलाप,दक्ष शैक्षिक जनशक्ति उत्पादन र देशको शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै विगत वर्षहरुको परीक्षाको नतिजालाई आधार मानेर देशभरिका माविहरुबाट छनाैट गरेर सम्मान तथा अवार्ड प्रदान गरिएको फोकस नेपालले बताएको छ ।
कार्यक्रमका प्रमुख अतिथि माननीय तथा पूर्व मन्त्री अर्जुन नरसिंह केसीले गोरखा ग्रुपका एकेडेमिक डाइरेक्टर दुर्गा केसीलाई अवार्ड प्रदान गरेका थिए ।
फोकस नेपालका अध्यक्ष रामचन्द्र पोख्रेलको अध्यक्षता,माननीय तथा पूर्व मन्त्री अर्जुन नरसिंह केसीकाे प्रमुख आतिथ्यता एवम् माननीय तथा पूर्व शिक्षामन्त्री देवेन्द्र पाैडेलकाे विशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
