
cjs
Gfs
pku
Sgr
Djs
Rgp1
Lnp
Ses
Srbpu
Ggp
Unsku
Rgp
Pes
Pbu

Gst
Sbs
Bbbpu
Vor
Rgs
nsb
Bbu
Ksm
Rgu
Rsb
Ssm
Wsp
Pvg
Hal
Ggd
Sls
Rgu
Asm
Tsm

Jmb
Jmb
Rpp
Pls
Bml
Rmb
bbt
Mks
sab
Syp
Ptm
Gsb
Abd
दाङ । जातीय विभेद गरेको आरोपमा दाङमा एक जना पक्राउ परेका छन् । घरबेटीले दलित भएको भन्दै भाडाबाट निकालेपछि ती घरबेटीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार घरबेटी घोराही उपमहानगरपालिका-१७ दाङका ताराप्रसाद पोखरेललाई शनिबार पक्राउ गरी अनुसन्धान थालिएको छ । पोखरेलको घरमा बसिरहेका पञ्चल देवल नपा-७ पुल्तोला अछाम हाल घोराही-१७ मा बस्दै आएका महेन्द्र विक र अदानचुली गापा-३ हुम्लाका अंगराज नेपालीलाई घर निकाला गरेको प्रहरीले जनाएको छ।
‘तिमीहरू कामी रहेछौँ, घर बनाएदेखि दलितलाई छिर्न दिएको छैन। तिमीहरू घरमा आएदेखि म बिरामी छु भन्दै घरबाट निकालिदिनुभयो’, पीडित महेन्द्र विककी श्रीमती शान्ति विकले भनिन्। सोही घरमा परियारसंँग तीनजना एउटा कोठामा बस्थे भने महेन्द्रको परिवार अर्को कोठामा बस्थे।
शुक्रबार साँझ नै घरबेटीले त्यस्तो व्यवहार गरेको प्रहरीले बताएको छ। प्रहरीले जातीय छुवाछूत अन्तर्गत मुद्दा दर्ता गरी कारबाही गर्ने तयारी गरेको छ । घटना बाहिर आएपछि प्रेस सेन्टर दाङ, दलित पत्रकार संघ दाङलगायत विभिन्न संघसंस्थाले विज्ञप्ति जारी गरी विरोध जनाएका छन् । साथै दोषीमाथि कारबाहीको माग गरेका छन्।
