Sidha Patra बिहिबार, आश्विन २२, २०७७

दाङ । समाजका हरेक व्यक्तिले आफ्नो जन्म दिन फरक फरक तरिकाले मनाइरहेका हुन्छन् । कसैले केक काटेर,कसैले भोजभतेर गरेर त कसैले दिनदुखीको सेवा गरेर आफ्नो जन्म दिन मनाउने गरेका हुन्छन् । तर देउखुरीका एक पत्रकारले भने आफ्नो जन्म दिन अलि फरक तरिकाले मनाएका छन् । राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवा निवासी थाहा अनलाइनका दाङ प्रतिनिधि ओमप्रकाश गुप्ताले आफ्नो ३४ औं जन्म दिनमा बिहीबार राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवाआश्रमलाई पहिलोपटक फलफुल दिएर जन्म दिन मनाएका छन् ।

दाङ जिल्लालाई सडकआश्रीत सहयोगापेक्षी मानव रहित बनाउने ऎतिहासिक महाअभियानमा सेवाश्रमका लागि पत्रकार गुप्ताले आश्रममा रहेका बुवाआमाहरूका लागि फलफुल तथा मिष्ठान्न सामाग्री प्रदान गरेका हुन् । फलफुल प्रदान गर्दै पत्रकार गुप्ताले जन्म दिनमा फजुल खर्च गर्नु भन्दा दिनदुखीको सेवामा केही सहयोग गर्न सके पुण्य प्राप्त हुने बताएका छन् । साथै उनले आफ्नो जन्म दिनमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा तथा सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना दिने सम्पूर्ण साथीभाई इष्टमित्रहरूलाई धन्यवाद समेत दिएका छन् ।

यस्तै निलसागरका अध्यक्ष प्रकाश विष्टले जन्म दिनमा थोरै भएपनि फलफुल दिएर सहयोग गरेकोमा आभार प्रकट गर्दै जन्म दिनको शुभकामना दिएका छन् । त्यसै गरि राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारीले पनि जन्म दिनको शुभकामना दिएका छन् । उनले शुभकामना संदेशमा पत्रकारिता क्षेत्रमा अझ निखारता आवस भन्ने कामना समेत गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]