Sidha Patra बुधबार, आषाढ १३, २०८०

दाङ । मंगलबार देउखुरीको राप्ती नदीमा लुम्बिनी प्रदेश स्तरीय जल उत्पन्न प्रकोप उद्दार अभ्यासको प्रर्दशनी गरिएको छ ।

तालिम प्राप्त नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी तीनै सुरक्षा निकायले विपद् र विपद्पश्चात् तत्काल उद्दार गर्न राप्ती नदीमा संयुक्त अभ्यास प्रर्दशनी गरिएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तीनै सुरक्षा निकायले संयुक्त रुपमा देखाएको प्रर्दशनी अभ्यासको प्रसंसा गर्नुभयो । सिमित स्रोत साधान बाबजुत पनि सुरक्षाकर्मीहरुले विपद्का बेला आफ्नो ज्यानको समेत परवाह नगरी काम गरेको बताउनुभयो ।उहाँले भन्नुभयो,–।‘लुम्बिनी प्रदेशमा वर्षातको बेलामा बाढी र डुबानले ठूलो क्षति गर्ने गर्दछ । क्षति न्यूनिकरण गर्न हामीले दक्षजनशक्तीको तयारी गर्नुपर्ने आवश्यकता रहेको छ । उद्दारकहरुलाई चाहिने आवश्यक सामाग्रीको लागि आफुले यस वर्षको बजेटमा व्यवस्था गर्न लगाएको छु ।’

लुम्बिनी प्रदेश सरकारको संयोजकत्वमा प्रदेशस्थित सम्पूर्ण सरोकारवाला निकायहरुको सहभागितामा आयोजित विपद् व्यवस्थापन सम्बन्धी एकिकृत अभ्यास हातेमालो कार्यक्रममलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेशमा वर्षातको बेला बाढी र डुबानको समस्याहरु आउने हुनाले विपद् भन्दा पहिले पूर्व तयारीको काम आवश्यक रहेको बताउनुभयो ।

यस्तै कार्यक्रममा विपद व्यवस्थापन निर्देशनालयका निर्देशक रविन्द्र खत्रीले कुनै पनि पसमयमा आम समुदायलाई जोखिमबाट उद्दार गर्ने गरि तयारीमा रहेको बताउनुभयो । कार्यक्रममा तीनै तहका सुरक्षाकर्मीहरु र लमही नगरपालिकाले विपद्का बेला उद्दार कार्यमा प्रयोग गरिने सामाग्रहीहरु प्रर्दशनी समेत गरेका थिए ।दाङसमाचार

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]