
Pbu
Srbpu
Gfs
cjs
Ses
Lnp
Rgp1
Sgr
Pes
Unsku
pku
Rgp
Ggp
Djs

Ksm
Rgu
nsb
Pvg
Sbs
Rgs
Vor
Bbu
Ssm
Hal
Gst
Ggd
Rsb
Asm
Tsm
Wsp
Rgu
Sls
Bbbpu

Pls
sab
Jmb
Syp
Rmb
bbt
Jmb
Bml
Mks
Abd
Ptm
Rpp
Gsb
दार्चुला । कैलालीको मोहन्याल गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयहरूबीच कुटाकुट भएको छ। हिजो (आइतबार) पालिकाको कार्यालय सार्ने विषयमा विवाद भएपछि स्थानीय र जनप्रतिनिधि बीच कुटाकुट भएको हो।
पालिकामा १३ औँ गाउँसभा समेत थियो। सोही सभाका क्रममा कार्यालय सार्ने विषयमा विवाद हुँदा आक्रोशित स्थानीयले जनप्रतिनिधिमाथि आक्रमण गरेको बताइएको छ। हाल खिमडीमा रहेको गाउँपालिका कार्यालय वडा नम्बर १ स्थित भकुण्डे सार्ने तयारी गरिएको थियो ।
तर कार्यालय सार्ने निर्णय सभाबाट बहुमतले पारित हुने बेला केही स्थानीयले आफूहरूमाथि आक्रमण गरेको गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले जानकारी दिनु भयो । उहाँका अनुसार स्थानीयको आक्रमणबाट अध्यक्ष उपाध्यायसहित उपाध्यक्ष कमल साउद,वडा नम्बर ७ का अध्यक्ष नवराज कठायत लगायत घाइते भएका छन्।
त्यस्तै स्थानीयले झडपका क्रममा ढुंगामुढा पनि गरेका थिए । यता,जिल्ला प्रहरी कार्यालय कैलालीले पनि ५ वर्षदेखि गाउँपालिकाको कार्यालय वडा नम्बर ४ खिमडीमा रहेको र गाउँ सभाले वडा नम्बर १ भकुण्डेटार सार्ने निर्णय गरेपछि झडप भएको जनाएको छ।
बहुमतका आधारमा कार्यालय सार्ने निर्णय गरिएकाले हाल कार्यालय रहेको स्थानका स्थानीयले ढुंगामुढा गरेको बुझिएको छ। स्थानीयले कार्यालयमा समेत क्षति पुर्याएका छन्। राति स्थानीय र जनप्रतिनिधिहरुको लफडा भएपछि भागाभागको स्थिति बनेको थियो। गाउँ सभामा आइतबार नीति तथा कार्यक्रमसहित ४६ करोडको बजेट पनि प्रस्तुत भएको छ । तर बजेट पारित हुन बाँकी छ।
