Sidha Patra आइतबार, आषाढ १०, २०८०

धनगढी । श्रमजिवी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन्।

बचतकर्ताको ६० लाख रुपैयाँ कुम्ल्याएर भागेका धनुषाको सबैला नगरपालिका ७ स्थित श्रमजिवी सहकारीका अध्यक्ष रामबाबु यादव पक्राउ परेका हुन्। ४२ वर्षीय यादव सहकारीको ६० लाख हिनामिना गरी फरार भएका थिए। विगत एक वर्षदेखि फरार रहेका यादवलाई बचतकर्ताले जनकपुर उपमहानगरपालिका ९ वंशी चोकबाट पक्राउ गरेका हुन्।

प्रहरी र बचतकर्तादेखि भाग्दै हिँडेका यादव जनकपुरमै आफन्तको घरमा लुकिछिपी बसेका थिए। बचतकर्ताले उनी बसिरहेको घर घेराउ गरी समातेर प्रहरीको जिम्मा लगाएका हुन्। सयौँको संख्यामा उनी बसेको घर घेर्न पुगेका बचतकर्ताले उनलाई निवस्त्र प्रहरीको जिम्मा लगाएका छन्।

त्यस्तै स्थानीयका अनुसार पक्राउ गर्ने क्रममा आक्रोशित भीडले उनीमाथी हातपात पनि गरेको थियो। यादव सबैला, खरीहानी, ठिल्लाका ७ सय ५० जना बचतकर्ताको ६० लाख रुपैयाँ कुम्ल्याएर एक वर्षदेखि अघि नै फरार भएका थिए। हाल उनलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।दिनेशखबरबाट

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]