
Rgp1
Ses
Sgr
Pes
cjs
Ggp
Srbpu
Djs
Pbu
Gfs
Unsku
pku
Lnp
Rgp

Pvg
Rgs
Rsb
Ggd
Asm
Vor
Bbu
Bbbpu
Rgu
Sbs
Wsp
Hal
nsb
Ssm
Ksm
Tsm
Rgu
Gst
Sls

bbt
Syp
sab
Mks
Jmb
Abd
Ptm
Jmb
Rpp
Bml
Rmb
Gsb
Pls
दाङ । २१ औं शताब्दीमा पनि मान्छे मान्छे बिच छुवाछूत तथा जातीय विभेद हुनु बिद्यमान कानुन बिपरित त हो नै तर मानवता बिरोधि कार्य समेत हो भन्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
दलित सचेतना अभियान लमही दाङको आयोजना तथा लमही नगरपालिकाको आर्थिक सहयोगमा जातीय भेदभाव तथा छुवाछूत अन्त्यकालागि कानुनी साक्षरता सम्बन्धी २ दिने तालीम शुक्रबार लमहीको सिद्धांत होटेलमा संचालन गरिएकोछ ।
उक्त तालिम कार्यक्रमको उद्घाटन गर्दै लमही नगरपालिकाका मेयर जोग राज चौधरीले जातीय, छुवाछूतका नाममा मानव मानव बिच भेदभाव गर्न नहुने र स्वयं दलितहरुको पनि मानसिकतामा परिवर्तन आउनु जरुरी रहेको बताए । अझै पनि तपाई हामी थारुका नाममा तथा दलितका नाममा अल्झि रहने होइन भेदभाव विरुद्ध डटेर सामना गर्दै राज्यबाट प्राप्त सुबिधा लिन सक्नु पर्छ मेयर चौधरीले बताए ।
त्यस्तै विशिष्ट अतिथिको आसनबाट बोल्दै उप-मेयर लक्ष्मी योगीले जातीय छुवाछूत हटाउन लमही नगरपालिका प्रतिबद्ध भएर लागि रहेकोछ। जातीय छुवाछूत र कानुनी प्रावधान सम्बन्धि विभिन्न कार्यक्रम गरिएका छन् । भेदभाव सबै तिरछ यसलाई हटाउन जरुरीछ । अझ यो भन्दा बढी त बर्गिय भेदभाव रहेको र यसलाई हटाउन सबै लागि पर्नु पर्ने उप-मेयर योगीले बताएका छन् ।
यस्तै अभियानका अध्यक्ष शशिराम नेपालीले प्रत्येक वडाबाट दलित सदस्य चुनिएर निर्णय गर्ने ठाउँमा पुग्दा पनि दलितको पक्षमा काम गर्न नसकेको प्रती आक्रोश व्यक्त गरे। दलितको गाँस,बास, कपास, शिक्षा,स्वास्थ्य,रोजगार सम्बन्धि कुनै किसिमको भूमिका निर्वाह गर्न नसकेको स्थानीय दलित जनप्रतिनिधिहरुलाई आरोप लगाए । उनले बजेट छुट्याउने ठाउँमा पुग्दा समेत भूमिका निर्वाह गर्न नसकेकोले अब उप्रान्त सो भूमिका निर्वाह गर्न दलित जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
त्यस्तै उक्त कार्यक्रममा,दलित अगुवाहरु तथा लमही नगरपालिका भित्रका सम्बन्धित सरोकारवालाहरुको उपस्थिति रहेको थियो । शुक्रबार र सनिवार गरि २ दिनसम्म चल्ने तालीमका प्रशिक्षकको रुपमा निर्मल नेपाली तथा नानी मय्या ओली रहेका छन् । अभियानका संस्थापक सह-सचिव हरिस बिकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अभियानका सचिव प्रीया स्मृति गजमेयरले गरेका थिए।

