
Djs
Sgr
cjs
Ses
Gfs
Lnp
Pes
Rgp
Rgp1
Unsku
pku
Ggp
Pbu
Srbpu

Rgu
Sls
Bbu
Vor
Ksm
Pvg
Gst
Bbbpu
Ggd
Sbs
Tsm
Rsb
Hal
Rgu
Wsp
Rgs
nsb
Ssm
Asm

Syp
Jmb
Jmb
Gsb
bbt
Rmb
sab
Pls
Abd
Rpp
Ptm
Bml
Mks
बाँके । नेपाल पत्रकार महासंघ बाँके शाखाले सदस्यता सुद्धिकरणको नाममा मनपरि गरेको भन्दै पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् ।
महासंघले थालेको शुद्धिकरण अभियानमा हाम्रो असहमति होइना न हाम्रो विमती हो शुद्धिकरणको नाममा ज्यादती र गैरजिम्मेवारीपनाको घोर विरुद्ध निर्णय सच्चाउन चेतावनी दिन भन्दै पत्रकारहरु आन्दोलनमा उत्रिएका हुन् । पत्रकारिता गरिरहेकालाई अन्य पेशा भन्दै शुद्धिकरणको नाममा सिफारिस गर्नु कतिको जायज हो यसबारे पत्रकार महासंघले छलफल गर्नुपथ्र्यो कि पदैनथ्यो पत्रकार नमस्कार शाहले भन्नुभयो । सक्रिय पत्रकारलाई समय नदिई शुद्धिकरण अनाहकमा निस्क्रिय पत्रकार भन्दै फालिनु विरुद्ध हाम्रो अभियान हो उहाँले भन्नुभयो ।
पत्रकार महासंघको विधान र मापदण्ड विपरित गरिएको शुद्धिकरण विरुद्ध घोर निन्दा रहेको उहाँले बताउनुभयो । अग्रज पत्रकार जो ५÷६ दशक पत्रकारितामा विताएका छन उनिहरुलाई पनि शुद्धिकरणको नाममा फालिनु अग्रज पत्रकारको अपमान गरिएको उहाँले जानकारी गराउदै यसबारे आपत्ति प्रकट गर्नुभयो । पार्टीको नाममा शुद्धिकरण गरिनु, यो या त्यो पार्टी भन्दै बचाउ तथा शुद्धिकरण गरिनु नै गलत भएको पत्रकार शाहले भन्नुभयो ।
महासंघको मापदण्ड एकरुपता नभएकोले शुद्धिकरण गर्दा मापदण्डलाई पालना गरिनुपर्ने अर्का पत्रकार विनोद पौडेलले बताउनुभयो । संगठनको नाममा भागबण्डा गरि शुद्धिकरणमा नाम छानीछानी फाल्नु र राख्नु कुन विधानमा रहेको पत्रकार पौडेलले भन्नुभयो । शिक्षक, व्यवसायी तथा अन्य कुनै पेशामा कार्यरत कसैलाई फालिनु त कसैलाई जोगाउनु कहाँको मापदण्ड पालना गरिएको हो पौडेलले भन्नुभयो ।
लामो समयदेखि पत्रिका प्रकाशित तथा अनलाइन संचालन नियमित रहेको सम्पादकलाई पनि शुद्धिकरणको नाममा पुर्वग्रही तरिकाले फालिनु आफैमा लज्जास्पद भएको पौडेलले बताउनुभयो । राजनीतिक दलका प्रतिनिधिलाई एक दलको फालिने र एक दलको जोगाउने कार्य कुन मापदण्ड भित्र पर्ने गरेको उहाँले बताउनुभयो । सक्रिय पत्रकारलाई पनि निस्क्रिय भन्दै पत्रकार महासंघको सदस्यताबाट हटाउने कार्यलाई महासंघले नसच्याए जिल्ला, प्रदेश, केन्द्रसम्म उजुरी दिने अर्का पत्रकार सकिल अहमद कादरीले भन्नुभयो ।
पत्रकार महासंघ केन्द्रले पनि सुनवाई गरेन भने अदालतसम्म पुग्ने उहाँले चेतावनी दिनुभयो । पत्रकार महासंघले थालेको शुद्धिकरण अभियानमा गैरपत्रकारलाई बढावा र सक्रिय पत्रकारलाई निस्क्रिय पार्नु असोभनिय रहेको पत्रकार शम्भु प्रसाद थारुले बताउनुभयो । संगठनको नाममा दलगत कोटा भित्र पार्नु र मापदण्ड विपरित सदस्यता नविकरण नगर्नु पत्रकारमाथी अन्याय भएको उहाँले बताउनुभयो ।
धर्ना कार्यक्रममा रहेका पत्रकारहरुले पत्रकार महासंघ बाँके शाखाका कार्यवाहक अध्यक्ष संगिन शर्मालाई ज्ञापन पत्र समेत बुझाएको छ । कार्यवाहक अध्यक्ष शर्माले ज्ञापन पत्रलाई सुझावका रुपमा लिएको बताउनुभयो । शुद्धिकरणको विषयमा पत्रकार महासंघ केन्द्रले दिएको निर्देशन अनुसार अभियान चालेकोे बताउनुभयो ।
महासंघ केन्द्रले गरेको सर्कुलर अनुसार नै मापदण्डमा रही बाँकेमा शुद्धिकरण अभियान थालेको जानकारी गराउनुभयो । निस्क्रिय तथा अन्य पेशामा आवद्ध पत्रकारलाई महासंघको विधान अनुसार सदस्यता खारेज हुनुपर्नेलाई शुद्धिकरणमा पारिएको कार्यवाहक अध्यक्ष संगिन शर्माले बताउनुभयो । धर्ना तथा विरोध प्रर्दशन कार्यक्रममा बाँकेमा आवद्ध दुई दर्जन बढि पत्रकारहरुको सहभागिता रहेको थियो ।
