
pku
Sgr
Srbpu
Ses
Lnp
Ggp
Pes
Rgp
Djs
Gfs
Unsku
cjs
Rgp1
Pbu

Pvg
Hal
Asm
Bbbpu
Vor
Rgs
Tsm
Sbs
Rsb
Bbu
Rgu
Rgu
Ksm
Ssm
Ggd
nsb
Wsp
Gst
Sls

Syp
Gsb
Abd
Rpp
Jmb
Bml
Rmb
Pls
Mks
sab
Ptm
Jmb
bbt
नुवाकोट । मानव अधिकारका लागि महिला एकल महिला संस्थाकाे आयाेजना तथा बिदुर नगरपालिका बिदुरको आर्थिक सहयाेगमा नगर भित्रका २६ जना एकल महिलाहरुलाई आयमुलक २ दिने कुखुरा पालन सम्बन्धि प्रशिक्षणसंगै चल्ला वितरण गर्ने कार्य सम्पन्न भएको छ ।
हाेटल सुखद पाहुना घर बिदुरमा आषाढ ५ र ६ गते सम्म संचालन भएको दुई दिने उक्त कार्यक्रमकाे समापन मानव अधिकारका लागि महिला एकल महिला संस्था नुवाकोटका अध्यक्ष गंगा वाेगटिले सभाध्यक्षता गर्नु भएको थियाे । तालिम सहित कुखुरा वितरणले केही मात्रामा भनेपनि घरमै बसेर सानाे व्यवसाय गर्न सहयाेग पुर्याउने उदेश्यले दाना र चल्ला वितरण गरिएको जानकारी मानव अधिकारका लागि महिला एकल महिला संस्था बागमती प्रदेश अध्यक्ष देवकि पाैडेलले बताउनु भयो ।
त्यस्तै कार्यक्रकाे समापनमा प्रमुख अतिथि तथा बिदुर नगरपालिका नुवाकोटका उप-प्रमुख प्रभा वाेगटिले बिदुर नगरपालिकाले एकल महिलालाई सीप आएआर्जन मुलक कार्यक्रमहरु अबकाे आर्थिक वर्ष २०८०/०८१ मा थप प्राथमिकतामा राखि गरिने जानकारी गराउनु भएको थियाे । उक्त कार्यक्रममा पशु प्राविधिक नवीन पुडासैनीले सहभागीलाई प्रशिक्षण प्रदान गर्नु भएको थियाे भने एकल महिलाहरु माथि हुने लैंगिक हिंसा विरुद्धको विषयमा रुपा थापाले प्रशिक्षण दिनु भएको थियाे ।
