Sidha Patra बुधबार, आषाढ ०६, २०८०

दाङ । घोराही उपमहानगरपालिकाद्वारा अनुदानमा कृषि औजार वितरण गरेको छ ।

कृषि उपजको उत्पादन वृद्धि गर्ने र लागत घटाउने उद्देश्यले दाङको घोराही उपमहानगरपालिकाले किसानलाई अनुदानमा कृषि औजार वितरण गरेको हो । पालिकाले पचास प्रतिशत अनुदानमा ३६ पावर टेलर,२० मिनी पावर टेलर,एउटा रोडाभेटर र दुई वटा थ्रेसर मेसिन उपलब्ध गराएको छ ।

कृषिमा यान्त्रिकरणको सहायताले उत्पादन बढाउने र किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले अनुदानमा कृषि औजार वितरण गरिएको घोराही पालिका कृषि विकास शाखा प्रमुख चोपनारायण खनालले जानकारी दिए । उनका अनुसार ५० प्रतिशत अनुदानमा विभिन्न उपकरणका साथै ८५ प्रतिशत अनुदानमा ११ वटा पम्पसेट र १२ वटा मोटर हस्तान्तरण गरिएको छ ।

त्यस्तै कृषि विकास शाखा प्रमुख खनालका अनुसार एक करोड १९ लाख ८५ हजारमा बोलपत्र भएकामा ९५ लाख ९५ हजार नौ सय ९० बोलपत्र स्वीकृति भएको थियो । नगरको तर्फबाट ४९ लाख ७३ हजार चार सय ६० किसानलाई अनुदान दिइएको उनले जानकारी दिए । यस्तै उनका अनुसार पालिकाले १९ वडाका ६२ किसानलाई ४० लाख बराबरको कृषिऔजार उपकरण वितरण गरेको हो ।

किसानलाई कृषि औजार वितरण गर्दै नगर प्रमुख नरुलाल चौधरीले कृषियन्त्रको सदुपयोग गर्दै कृषि तथा पशुपालन क्षेत्रको परिवर्तन गर्न र कृषिमा आत्मनिर्भर हुन आग्रह गरे । कृषिमा आधुनिकरणका लागि प्रविधिमा सहयोग गरिएको जनाउँदै उनले उत्पादनमा वृद्धि हुन नसके उपलब्धि नहुने बताए ।

त्यस्तै घोराही उपमहानगरपालिकाले पछिल्लो चार वर्षमा पालिकाका एक सय ६८ किसानलाई विभिन्न कृषि उपकरण वितरण गरेको पालिकाको कृषि शाखाले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]