ओमप्रकाश गुप्ता बुधबार, आषाढ ०६, २०८०

दाङ । राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले अघाेषित लाेड सेडिङ अन्त्यको माग राखि मंगलबार नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लमही शाखालाई ज्ञापनपत्र बुझाएको छ ।

दाङ देउखुरी क्षेत्रमा केहि दिनदेखि विद्युत अनियमित तथा अघोषित लोड सेडिङले आम सञ्चार माध्यम, उद्योगी,व्यापारी लगायत आम नागरिकहरुमा असर पुग्नुका साथै नोक्सानी पुगेको ठहर गरि यथाशिघ्र विद्युत नियमित सुचारु गर्न माग गरेको छ ।

मञ्चका अध्यक्ष अर्जुन अधिकारीको नेतृत्वमा गएको टोलीले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लमहीका निमित्त कार्यालय प्रमुख तथा इन्जिनियर कमल पुनलाई सो ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउँदै मञ्चका अध्यक्ष अर्जुन अधिकारीले विद्युत झ्याप झ्याप काट्दा सञ्चारमाध्यम सहित उद्योगी,व्यापारीलाई ठुलो मार परेकाले यथाशिघ्र विद्युत आपूर्ति नियमित बनाउन आग्रह गरेका थिए । त्यस्तै अध्यक्ष अधिकारीले राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङको विद्युत महसुल काउन्टर सार्न लागेको भन्ने गुनासो आएकोले सो कार्य रोक्न र आम राप्तीबासीलाई एकै ठाउँबाट विद्युत महसुल बुझाउने व्यवस्था मिलाउन समेत माग गरेका छन् ।

सो ज्ञापनपत्र बुझ्दै निमित्त कार्यालय प्रमुख पुनले अघोषित लोड सेडिङ विद्युत प्राधिकरणले चाहेर गरेको वा जनतालाई दुख दिन खोजेको नभई नदीमा पानीको बहाव घट्न गई विद्युत उत्पादन आपूर्तिमा समस्या देखिएकोले राष्ट्रिय प्रसारण लाइनबाटै समस्या उत्पन्न भएको हुँदा अब पानी परेमा केही दिनमै समस्या अन्तय हुने बताएका छन् । त्यस्तै उनले भालुवाङमा रहेको विद्युत महसुल काउन्टर नसर्ने कुरामा विश्वस्त रहन आग्रह गर्दै समग्र राप्तीबासीलाई एकै ठाउँबाट विद्युत महसुल बझाउन काउन्टर स्थापना गर्न पहल गर्ने बताएका छन् ।

ज्ञापनपत्र बुझाउन मञ्च अध्यक्ष अधिकारी सहित मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, महासचिव ओमप्रकाश गुप्ता, सदस्य किरण जिसी र साधारण सदस्यहरू देवेन्द्रराज कंडेल, सिर्जना थापा, लक्ष्मी पोख्रेल गएका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]