
Rgp
Srbpu
pku
Rgp1
Pes
Ggp
Ses
Sgr
cjs
Unsku
Djs
Gfs
Pbu
Lnp

Gst
nsb
Rgu
Bbu
Asm
Rgs
Wsp
Ggd
Tsm
Rsb
Rgu
Vor
Bbbpu
Ksm
Sls
Hal
Sbs
Pvg
Ssm

Gsb
Pls
bbt
Rpp
Rmb
Mks
Syp
Ptm
Abd
Jmb
Bml
Jmb
sab
बाँके । नेपाल प्रहरीका आइजिपीको सचिवालयको हवाला दिदै सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा अनाधिकृत व्यक्तिको प्रवेशले परिक्षार्थीमा त्रास फैलिएको छ ।
आइजीपी बसन्त बहादुर कुवँरको हवाला दिदै आफुलाई इन्स्पेक्टर फलबहादुर तामाङ र सई दुर्गा गौतम यातायात व्यवस्था कार्यालय बाँके नेपालगन्जको प्रयोगात्मक परीक्षा केन्द्र ट्रायल सेन्टरमा पुगेर परिक्षार्थीको फायल नै बोकेर चेकजाँच गर्न थालेपछि परिक्षार्थीहरु त्रशीत बनेका छन् ।
परिक्षा केन्द्रमा प्रवेश गर्न सम्बन्धित परिक्षा समितिको अनुमती लिनुपर्ने भए पनि इन्स्पेक्टर तामाङको नेतृत्वमा सई गौतमले फायल नै बोकेर परिक्षा केन्द्रमा चेकजाँच गर्न थालेपछि त्रासका कारण कतिपय परिक्षार्थीहरुले परिक्षा नै छाड्नु परेको बताएका छन् । परिक्षा समितिमा यातायात व्यवस्था कार्यालयका प्रमुखको नेतृत्वमा एक जना प्राविधिक र ट्राफिक प्रहरी सदस्य रहने व्यवस्था भए पनि शक्तिकेन्द्रको आडमा बिना अनुमती अनाधिकृत व्यक्तिले परिक्षामा हस्तक्षेप गर्नु गैरकानुनी मानिन्छ ।
यता यातायात व्यवस्था कार्यालयका कर्मचारी भन्छन् हामीले भनेका पनि हौ,उहाँहरु आइजीपीको सचिवालय हवाला दिएर जबरजस्ती परिक्षा केन्द्रमा प्रवेश गर्नुभयो,हामीले रोक्न सक्ने अवस्था भएन ।यस विषयमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक आइजिपी वसन्त बहादुर कुवँरसित कुरा गर्दा गुनासो आएकोले हेड क्वाटरबाट अनुसन्धानका लागि मात्र खटाएको स्वीकार गरेका छन् । जब कि प्रहरी प्रधान कार्यालयले छानबिन गर्ने निर्देशन र अधिकार जिल्ला प्रहरी कार्यालय बाँकेलाई पनि दिन सक्छ नेपाल प्रहरी संगठनको कार्यक्षेत्र अधिकार मिच्दै यसरी प्रहरी निरीक्षक खटाएर त्रासको माहोल भएको श्राेतहरुकाे दावी छ ।
यता यातायात कार्यालयका कर्मचारीका अनुसार सवारी नियममा यातायात हाकिमको अनुमति पत्र लिएर मात्र छानबिन र अनुगमन गर्न मिल्ने एक कर्मचारीले बताए । जस्तै जिल्ला प्रशासन कार्यालय अख्तियार दुरुपयोग अनुसन्धान आयोग पत्रकारहरु लगायतलाई अनुमति लिनु नपर्ने यातायात एक कर्मचारीले बताय । साभर सत्यपाटीबाट
