सागर थापा/सिधा-पत्र क्राइम बिट प्रमुख मंगलबार, आषाढ ०५, २०८०

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको आयोजनामा सोमबार विभिन्न स्थानहरुमा चालकको कारणले हुने सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले राप्ती राजमार्ग अन्तरगत दाङको तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ३ मा ट्राफिक चेकजाँच भएको छ ।

जस्तै लाहुरेडाँडा,शिरखोला,साततले स्थित तुलसीपुर सल्यान/रोल्पा/रुकुमका विभिन्न स्थानहरूको लागि छुट्ने तथा भित्रिने विभिन्न सवारी साधनहरूलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लको कमाण्डमा खटिएको ट्राफिक प्रहरी टोलीले सवारीको अवस्था,क्षमता भन्दा बढी मालसामान तथा यात्रुहरू बोके/नबोकेको १० वटा शंकास्पद सवारीका चालकहरूको ला.प.से. जाँच गर्नु भएको थियो ।

साथै उक्त सवारीका चालक तथा यात्रुहरूलाई सवारी दुर्घटनाका मुख्य कारणहरू,सवारी दुर्घट्ना न्युनिकरणमा सवारी चालक तथा यात्रुहरूको भुमिका र ट्राफिक नियम र संकेतहरूको बारेमा प्रशिक्षण प्रदान गर्नुको साथै सवारी दुर्घटना बढी हुने स्थान दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ लाहुरेडाँडामा ब्ल्याक स्टोपको जानकारी मुलकको बोर्ड समेत राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]