
Sgr
Unsku
Lnp
Rgp
Pbu
Ggp
Rgp1
Srbpu
pku

Gst
Hal
Ksm
nsb
Rgs
Bbbpu
Rsb
Ssm
Pvg
Wsp
Rgu
Asm
Sbs
Ggd
Rgu
Sls
Bbu
Vor
Tsm

Abd
Ptm
Pls
Rmb
Jmb
bbt
Rpp
Syp
Gsb
Jmb
sab
Bml
Mks
ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा आज बिहान गएको पहिरोमा परी बेपत्ता भएका केशरबहादुर राईको शव फेला परेको छ ।
साथै सोही पहिरोमा परी घाइते भएका सुरेश राईको मृत्यु भएको छ । स्थानीय कला कडरियाका अनुसार घाइते भएका राजकुमार राईको अवस्था गम्भीर छ । उनलाई हेलिकोप्टरमार्फत उपचारका लागि अन्यत्रै लैजाने तयारी भइरहेको छ ।
पहिरोका कारण आफू बस्ने घर जोखिममा भएपछि गाडी अन्यत्रै सार्ने तयारीका क्रममा अचानक खसेको पहिरोले तीन जना पुरिएका थिए । जसमध्ये सुरेश र राजकुमारको तत्काल उद्धार गरिएको थियो भने केशरबहादुर बेपत्ता भएका थिए ।
त्यस्तै मेहेलेकाको अधिकांश क्षेत्र पहिरोको उच्च जोखिममा छन् । मेहेलेमा शनिबार गएको पहिरोमा परी तीन जना अझै बेपत्ता छन् भने एक जनाको शव भेटिएको छ । मेहेलेमा पहिरोले छ घरलाई बगाएको छ ।अनलाइनखबर
