
pku
Unsku
Sgr
Gfs
Pes
Pbu
Rgp1
Djs
Srbpu
cjs
Rgp
Ses
Lnp
Ggp

Rsb
Vor
Sbs
Gst
nsb
Tsm
Ksm
Pvg
Rgu
Hal
Ggd
Rgs
Sls
Ssm
Bbu
Rgu
Wsp
Bbbpu
Asm

Syp
bbt
Jmb
Jmb
Abd
Rpp
Pls
Bml
sab
Ptm
Rmb
Gsb
Mks
दाङ । राप्ती गाउँपालिकाले आइतबार आर्थिक वर्ष २०८०/०८१ का लागि स्वास्थ्य, शिक्षा, कृषि र उद्यमशिलतामा जोड दिदै नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ को उपदफा (१) बमोजिम गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा अध्यक्ष बिष्टले स्वास्थ्य, शिक्षा, कृषि र उद्यमशिलतामा जोड दिंदै १७ पृष्ठ लामो नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।
समृद्ध राप्ती, सुखी र खुसी राप्तीवासी“ भन्ने मूल सोचका साथ तथा युवा तथा महिला उद्यमशिलतामा राप्ती गाउँपलिका पहिला भन्ने मुल नाराका साथ राप्ती गाउँपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको छ ।
शिक्षा तर्फ
“विद्यालय तहका विद्यार्थीहरुलाई उत्पादनसँग जोड्ने कार्यका लागि पाठ्यक्रमले निर्धारण गरेको परियोजना कार्यमा कम्तिमा हप्ताको २ घण्टा उत्पादनमूलक अभ्यास कार्यक्रम सञ्चालन गरिनेछ । पालिकाभित्रका सबै विद्यालयमा द्यययप ाचभभ मबथ अभियान सञ्चालन गरी जीवन उपयोगी क्रियाकलाप सञ्चालन गरिनेछ । विद्यालयहरुमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरिने, सामुदायिक विद्यालयमा कक्षा १-१२ मा अध्ययनरत सबै बालबालिकालाई नेपाल सरकारले तोके बमोजिम निःशुल्क पाठ्यपुस्तकको व्यवस्थापन गरिनेछ । कक्षा १ देखि ८ सम्म सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा, दलित, कक्षा १-१२ का अपाङ्गता भएका विद्यार्थी तथा विपन्न वर्गका बालबालिकाहरुलाई छात्रवृत्तीको व्यवस्था गरिनेछ ।
आगामी आ.व. मा स्थानीय विषयको कक्षा ४ देखि ८ को पाठयपुस्तक र सन्दर्भ सामग्री विकास गरिनेछ । सामुदायिक विद्यालयमा अध्यनरत बालविकासदेखि कक्षा ७ सम्मका बालबालिकाहरुका लागि दिवा खाजाको व्यवस्था गरिनेछ । सामुदायिक विद्यालयमा माध्यमिक तहसम्ममा अध्ययनरत सबै छात्राहरुका लागि महिनावारीको समयमा निःशुल्क सेनेटरी प्याड उपलब्ध गराई छात्राहरुको कक्षा छाड्ने दरलाई घटाईनेछ । ” निति तथा कार्यक्रममा समावेश गरिएको छ ।
स्वास्थ्य तर्फ
“वडास्तरमा ६८ वर्ष भन्दा माथिका जेष्ठ नागरिक,अशक्त बेसाहारा नागरिकहरुलाई वडा तहमै घुम्ती विशेषज्ञ शिविर मार्फत विशेषज्ञ परामर्श सेवा उपलब्ध गराउने व्यवस्था मिलाइनेछ । ८० वर्ष माथिका जेष्ठ नागरिक तथा बेसाहारा, अति विपन्न नागरिकका लागि गाउँपालिकाभित्रका स्वास्थ्य संस्थासम्म पुग्न निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिनेछ । बेसाहारा, अति विपन्न नागरिकहरुको पोस्टमार्टम निःशुल्क गर्ने व्यवस्था गरिनेछ । संस्थागत प्रसुतिलाई प्रोत्साहन गर्दै सुन्यहोम डेलिभरी घोषणा गर्दै जाने कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य संस्थामा प्रसुती भएकालाई उपाध्यक्ष कोशेली कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
साथै आगामी आ.व. मा कम्तिमा १ वडालाई शुन्य होम डेलिभरी सुनिश्चित कार्यक्रम र कम्तिमा २ वटा वडालाई शुन्य होम डेलिभरी वडा घोषणा गरिनेछ । क्षयरोग, कुष्ठरोग, एच।आइ।भि।एड्स, झाडापखाला लगायत सबै खालका सरुवा रोग नियन्त्रण गरी समुदायमा महामारी फैलिन नदिन विभिन्न अभियानहरु सञ्चालन गरिनेछ । नसर्ने रोगको पहिचानका लागि अनुसन्धानमूलक कार्यक्रम सञ्चालन गरिनेछ । महामारीजन्य रोगहरुको रोकथाम तथा व्यवस्थापनका लागि पालिकास्तरिय होल्डिङ सेन्टरको व्यवस्था गरिनेछ । गाउँपालिका तथा वडा कार्यालयमा पोषण कक्ष तथा स्तनपान कक्ष स्थापना गरी सञ्चालन गरिनेछ । साथै शौचालयहरुमा सेनिटरी प्याड राख्ने व्यवस्था गरिनेछ ।” निति तथा कार्यक्रममा समावेश गरिएको छ ।
कृषि तर्फ
“एक घर एक करेसाबारी पकेट क्षेत्रमा व्यावसायिक तरकारी“ भन्ने नाराका साथ तरकारी उत्पादनको प्रशस्त सम्भावना रहेको वडा नं ४, ६, ७ र ८ लाई तरकारी पकेट क्षेत्र र अन्य वडामा एक घर एक करेसाबारीको नीति अबलम्बन गर्दै अर्गानिक तरकारी उत्पादनलाई पालिकाभर विशेष अभियानका साथ सञ्चालन गरिनेछ ।
कृषि पेशालाई सम्मानित र आर्कषक बनाउन स्थानीय कृषि उत्पादनको समर्थन मूल्य कायम गरी कृषि उपज संकलन केन्द्र, कृषि एम्बुलेन्स सञ्चालनमा ल्याई “उत्पादन साथमा अनुदान हातमा“ भन्ने अभियानलाई प्रोत्साहन गरिनेछ । “व्यावसायिक रुपमा काम गर्ने किसानलाई गाउँपालिकाको सम्मान (दुध, बाख्रापालन, तरकारी खेती गर्ने) सबै किसानलाई उत्पादनमा आधारित अनुदान“ नीति अवलम्बन गरिनेछ ।” निति तथा कार्यक्रममा समावेश गरिएको छ ।
श्रम, रोजगार, उद्योग तथा वाणिज्य, पर्यटन, सहकारी र वित्तीय क्षेत्र सम्बन्धी नीति तर्फ
“राप्तीका युवा र महिला उद्यमशीलतामा पहिला“ भन्ने मूल नाराका साथ बेरोजगार युवाहरुका लागि सीपयुक्त र स्वरोजगारमूलक बनाउने गरी आगामी आ।व। मा कम्तिमा १०० जनालाई सीप विकास तथा उद्यमशीलता सम्बन्धी तालिम सञ्चालन गरिनेछ । ५३।न्यूनतम १० जना पालिकाबासीलाई रोजगारी दिने उत्पादन मूलक उद्योगहरुलाई १० प्रतिशत, ५० जनालाई रोजगारी दिने उत्पादनमूलक उद्योगलाई २५ प्रतिशत व्यावसायिक करमा छुट दिने नीति अवलम्बन गरिनेछ ।” अध्यक्ष बिष्टद्धारा प्रस्तुत निति तथा कार्यक्रममा उल्लेख छ ।
सुशासन संस्थागत व्यवस्थापन,सूचना प्रविधि तथा वित्तीय क्षेत्र सम्बन्धी नीति तर्फ
“मुस्कान सहितको सेवाः पुग्छ नागरिकलाई टेवा, भन्ने मर्मलाई आत्मसात गर्दै सबै प्रकारका समुदाय, तह, क्षेत्र र क्षमता भएका ब्यक्तिलाई समानुपातिक समभावको दृष्टिले सेवा प्रवाह गरिनेछ । गाउँपालिकाको सेवा प्रवाहमा सूचना प्रविधिलाई बढावा दिदै टोकन प्रणालीको व्यवस्था गरिनेछ । सम्पूणर् सूचना तथा तथ्याङ्कहरुलाई डिजिटल प्रणालीमा आवद्ध गरी स्मार्ट गाउँपालिका निर्माणको कार्य अगाडी बढाइनेछ । जनतासँग स्थानीय सरकारको अवधारणा कार्यान्वयन गर्न जनतासँग जनप्रतिनीधि कार्यक्रम, हटलाइन सेवा, हेल्प डेक्स र हेलो राप्ती सरकार सञ्चालनमा ल्याइनेछ ।
पत्रकारितालाई सूचना र तथ्यमा आधारित बनाई निश्चित मापदण्ड र आचरणमा पत्रकारिता क्षमता विकास तालिम कार्यक्रम सञ्चालन गरिनेछ । सूचना प्रविधि ग्रामको विकासका लागि सञ्चार ग्रामको स्थापना गर्न विशेष पहल गरिनेछ । पालिकाको विकास निर्माण सुशासन सेवाप्रवाह सामाजिक सचेतना लगायतका विषयमा कलम चलाउने सञ्चारकर्मीलाई पुरस्कृत गर्न उत्कृष्ट पत्रकारिता पुरस्कारको स्थापना गरिनेछ । “विकासका लागि सञ्चार” भन्ने मान्यतालाई आत्मसात् गर्दै पालिका क्षेत्रमा रहेका सञ्चार गृहको विकास र प्रवद्धनका लागि समावेशी विज्ञापन प्रणाली लागु गरिनेछ ।” अध्यक्ष बिष्टद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।
