तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका शनिबार, आषाढ ०२, २०८०

दाङ । राप्ती गाउँपालिकामा शनिबार दिउँसो एक घरमा आगलागी भएको छ ।

जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ९ लामाखाेलाका कुविर घर्ती मगरको एक तले फुसले छाएको काठको घरमा आगलागी भएको हाे।

घर नजिकै रहेको राष्ट्रिय वनबाट आएको आगाे घरमा सल्कदा साे घट्ना भएको वडा नम्बर ९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगरले जानकारी दिनु भएको छ।

मध्यान्ह १२ बजे तिर लागेको आगाे स्थानीयको सहयोगमा घरमा लागेको आगो एक घण्टा पछि नियन्त्रणमा आएको थियो । आगो नियन्त्रण आए पनि घर भित्र रहेका अन्नपात,लत्ताकपडा लगायतका सामाग्रीहरु पूर्ण रुपमा जल्दा अन्दाजी ३ लाख बराबरको क्षति भएको पीडित घर्तीले जानकारी दिनु भएको छ ।

त्यस्तै दाङमा प्रायः खरले छाएका घरमा आगलागी हुने समस्या रहेको छ । फुसले छाएका घरहरु हटाउने अभियानमा यहाँका जनप्रतिनिधि क्रियाशील रहेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]