
Pbu
Gfs
Unsku
Rgp
Lnp
cjs
Rgp1
Sgr
Pes
pku
Djs
Ses
Srbpu
Ggp

Hal
Ggd
Rgs
Rgu
Ksm
Vor
Bbu
Sbs
Gst
Ssm
Tsm
Pvg
Sls
Bbbpu
nsb
Rsb
Wsp
Asm
Rgu

bbt
Rpp
Bml
sab
Ptm
Mks
Gsb
Jmb
Abd
Jmb
Pls
Syp
Rmb
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्ने नीति,कार्यक्रम तथा याेजनाका बारेमा सरोकारवालाहरुसँग राय सुझाव संकलन कार्य शुरु गरेको छ ।
पालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ मा प्रस्तुत गरिने निति तथा कार्यक्रमका बारेमा पालिमामा क्रियाशील राजनैतिक दल, पूर्व जनप्रतिनिधि, बुद्धिजीवी, विभिन्न संघ संस्था, सामुदायिक वनका प्रतिनिधिहरु तथा सराेकारवालाहरुसँग चरणबद्ध रुपमा छलफल तथा राय सुझाव संकलन गरेको हो ।
पालिकाले आईतवार क्रियाशील राजनैतिक दल, पूर्व जनप्रतिनिधि,बुद्धिजीवीहरुसँग राय सुझाव लिएको थियो भने साेमबार विभिन्न संघ संस्था,सामुदायिक वनका प्रतिनिधिहरु तथा सराेकारवालाहरुसँग छलफल तथा राय सुझाव लिएको थियो ।
त्यस्तै नीति तथा कार्यक्रम तर्जुमाको लागि छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले शिक्षा,स्वास्थ्य,कृषि, लगायतको क्षेत्रमा उपलब्धि मुलक हिसाबले लगानी गर्नु पर्ने धारणा व्यक्त गरेका छन् । कार्यक्रमका सहभागीहरूले आगामी आर्थिक वर्षमा प्रस्तुत गरिने निति तथा कार्यक्रमहरु प्रभावकारी,आयमुलक, स्वरोजगार मुलक हुनु पर्ने कुरामा जाेड दिएका थिए ।
उक्त छलफलपछि बाेल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आम जनताहरुकाे आवश्यकताकाे पहिचान गरि आगामी वर्षको निति तथा कार्यक्रम प्रस्तुत गरिने बताउनुभयो । विगतका वर्षहरुमा राज्यले बढी अनुत्पादक क्षेत्रमा लगानी गर्दा देशमा आर्थिक संकटकाे अबस्था सिर्जना भएको भन्दै उहाँले यस वर्ष उत्पादक क्षेत्रमा बढी जाेड दिएर बजेट विनियोज गरिने बताउनुभयो । यस्तै अध्यक्ष विष्टले जनताको जनजि जनजिका का कुरा र सबैको अपनत्व हुने कुरालाई विशेष ध्यानमा राखी निति तथा कार्यक्रम निर्माण गरिने बताउनुभयो ।
गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले सबै पक्षको राय सुझावलाई मनन गर्दै जति सक्यो जनताको हित हुने गरि नीति,कार्यक्रम तथा बजेट निर्माण गरिने बताउनुभयो ।
कार्यक्रममा पालिकामा क्रियाशील राजनैतिक दलका प्रतिनिधि,पूर्व जनप्रतिनिधि, बुद्धिजीवी, विभिन्न संघ संस्थाका प्रतिनिधि,सामुदायिक वनका प्रतिनिधिहरु तथा सराेकारवालाहरुकाे सहभागीता रहेको थियोे ।
