Sidha Patra मंगलबार, जेठ ३०, २०८०

बैतडी । बैतडीमा जिप र मोटरसाइकल ठोक्किएर दुर्घटनामा भएको छ। दशरथचन्द राजमार्गमा मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको जिपले ठक्कर दिँदा दुर्घटनामा भएको हो ।

दुर्घटनामा परी पाटन नगरपालिका–८ का वडा अध्यक्ष हरिश बिष्ट र वडा नं ९ का वडा सचिव रामदत्त जोशी घाइते भएका छन्। सोमवार ४ बजेको समयमा पाटनबाट खोडपेतर्फ आउने क्रममा वडा अध्यक्ष र सचिव सवार से १ ब १२९ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट गइरहेको सुपप्र ०१ ००१ च २६६९ नम्बरको जिपले दशरथचन्द राजमार्गमा ठक्कर दिदा वडा अध्यक्ष बिष्ट र वडा सचिव जोशी घाइते भएका हुन्।

त्यस्तै वडा अध्यक्ष बिष्टको खुट्टा,अनुहार र शरिरका अन्य भागमा गम्भिर चोट लागेको छ भने वडा सचिव जोशीका खुट्टामा चोट लागेको छ । घाइते दुबैजनालाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । जिप र जिप चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।दिनेशखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]