
Sgp
Rgp
Lnp
lnp
Asb
Rgp
Lks
Rgp
Jns
Rgp
Usb
Dus
ksb
Ggp
Ggp

lms

संभावित कोरोना संक्रमणलाई ध्यानमा राख्दै चितवनको भरतपुर महानगरपालिकामा ७२ घण्टामा ७० शैयाको अस्थाई अस्पताल निर्माण सम्पन्न गरिएको छ ।महानगरपालिकाकी मेयर रेणु दहालले ७२ घण्टामा कोरोना विशेष अस्पताल तयार गरिसकिएको जानकारी दिइन् ।अस्पतालमा आइसीयू, एचडीयू र जनरल वार्डसहित छ। अस्पताल आजै शुक्रवारबाट विरामी भर्ना गर्न मिल्ने बताईएको छ ।कोरोनाको शंका लागेका विरामीलाई मात्र त्यहाँ राखिनेछ ।अस्पतालमा ५० वटा जनरल, १० वटा आइसियू र १० वटा एचडियू बेड छन्।मंगलबारबाट काम सुरू गरिएकोमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, चिकित्सक र सर्वसाधरणको टोली समेत गरेर १ सय ५० जनशक्ति खटिएका थिए।
