
Rgp1
pku
Lnp
Rgp
Srbpu
Gfs
cjs
Ses
Pes
Ggp
Djs
Pbu
Unsku
Sgr

Tsm
Rgs
Hal
Rsb
Asm
Ksm
Wsp
Ssm
Ggd
Bbu
Sls
Rgu
Bbbpu
Pvg
Vor
Rgu
Gst
nsb
Sbs

Jmb
Mks
sab
Jmb
Syp
Ptm
Bml
Abd
bbt
Gsb
Rpp
Rmb
Pls
दाङ । राजपुर गाउँपालिका वडा नम्बर ५ महतेनिया खोला पण्डितबासे बस्ने टेकबहादुर बुढा मगरको घरमा गएराति अचानक आगलागी हुँदा दुई तल्ले घरको खरको छाना भएको घर जलेर नष्ट हुँदा आठ लाख बराबरको क्षति भएको प्रहरी चौकी चङ्गुवाले जानकरी गराएको छ।
आगलागीबाट खरको छाना भएको दुई तल्ले घर उक्त घरमा भएको गास, बास, लत्ताकपडाका साथै धान २ क्विन्टल, चामल २ क्विन्टल, गहुँ ४ क्विन्टल, तोरी १ क्विन्टल, मसुरो ५० केजी, बेसार ३ किलो, ब्रान्ड नगद ३४०००/- गरी दुई लाख पचास हजार र घर पाँच लाख पचास हजार गरी जम्मा आठ लाख बराबरको क्षति भएको प्रहरीले जानकरी गराएको छ । साथै आगलागिबाट नेपाली नागरीकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र,विद्यार्थीका मार्कसिट लगायत कागजात जलेर नष्ट भएको प्रहरीले जानकरी दिइएको छ ।
त्यस्तै अन्दाजी राती ११ बजे भएको सो आगलागिबाट घरका साथै बाख्राको खोर पनि जलेर नष्ट भएको छ । बाख्रा भने अन्यत्रै बाँधिएको कारण पशु चौपाया क्षति नभएको जनाइएको छ । आगलागी समयमा माथिल्लो तल्लामा सुतेका नाबालक छोराहरु एक्कासी चिच्याए पछि आमाले थाहा पाउनु भई देउरानी नजीकै घर भएकी देउरनीलाई खबर गरी झण्डै दुई बजे तिर आगो नियन्त्रणमा आएको हो।
टेकबहादुर बुढा भने मजदूरी गर्न मनाङ जिल्लामा रहेका छन् । घटनाको सुचना थाहा भएपछि प्रहरी चौकी चङ्गुवाका प्रस्नी महावीर चौधरीको नेतृत्वको टोली एकबिहानै त्यहाँ पुगेको थियो । त्यसैगरी राजपुर गाउँपालिका वार्ड नम्बर ५ का वडाध्यक्ष टंक वहादुर विष्ट, स्थानिय समाजसेवी कुलराज गिरी, लक्ष्मी प्रसाद बुढा,जसवहादुर घर्ति र सञ्चारकर्मी महेश रिजाल एक बिहानै घट्ना स्थल पुग्नु भएको थियो। अहिले पीडितका परिवार दुई छोरा र श्रीमती कान्छा भाई रेका बहादुर बुढाको आश्रयमा रहेका छन् ।
