शिवराज खनाल शनिबार, जेठ २७, २०८०

दाङ । आफ्नो जन्मदिनको सुखद अवसरमा लमही नगरपालिकाका एक युवाले जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेका छन् ।

देउखुरी उद्योग बाणिज्य संघका सदस्य,लमही जेसिजका सदस्य,देउखुरी मोबाइल तथा इलेक्ट्रोनिक व्यावसायि समितिका निवर्तमान कोषाध्यक्ष तथा युनिक मोबाइल रिपेरिङ सेन्टरका संचालक लुमाकान्त बोहराले लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर स्थित अर्जुन माविमा अध्ययनरत २ जना विद्यार्थीलाई ८ हजार मुल्यको शैक्षिक सामाग्री प्रदान गरेका हुन् ।

जन्म दिनमा फजुल खर्च गर्नुभन्दा परोपकारी कार्य गरौं भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको सहयोगदाता बोहराले बताए  । विद्यार्थीलाई शैक्षिक गतिविधीमा थप आकर्षण गर्न र उनीहरुलाई थप प्रोत्साहन गर्न आफुले सहयोग गरेको सहयोगी बोहराको भनाई छ ।

अर्जुन मावि हस्नापुरका शिक्षक लक्ष्मण चौधरीले बोहरालाई जन्मदिनको शुभकामना दिदै बोहराले जस्तै अन्य युबाले पनि होटल तथा रेस्टुरेन्टमा गएर फजुल खर्च गर्नु भन्दा सामाजिक क्षेत्रमा लगाएमा कसैलाइ सहयोग पुग्ने बताए ।

बोहरा ३५ वर्ष पुगेको उपलक्ष्यमा विद्यार्थीहरुलाई , झोला,बिद्यालय पोसाक,कपी,कलम सहित शैक्षिक सामाग्री सहयोग गरेका हुन्। उनी सामाजिक क्षेत्रमा क्रियासिल रहदै आएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]