
Rgp
Unsku
Gfs
Pbu
Srbpu
Pes
Lnp
Sgr
Ses
cjs
pku
Djs
Rgp1
Ggp

Pvg
Ggd
Bbbpu
Tsm
Rgu
Hal
Vor
Wsp
Sbs
Rgu
Asm
Bbu
Rgs
Ksm
Gst
Sls
Rsb
Ssm
nsb

Jmb
sab
Mks
Rpp
Bml
Pls
Syp
Ptm
Abd
Gsb
Jmb
bbt
Rmb
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ स्थित जनज्योति माध्यामिक विद्यालय बेलाका शिक्षक श्रवण कुमार यादवलाई कुटपिट गर्ने एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राजपुर गाउँपालिका-१ कठबेरुवा घर भई हाल वडा नम्बर २ बेला ( विद्यालय अगाडी) कम्प्युटर पसल गरि बस्ने आनन्द अधिकारी रहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन ओलीले जानकारी दिनु भयो ।
जेठ २३ गते आनन्द अधिकारी र त्रिलोक कार्कीले विद्यालयमा पठनपाठन भई रहेको समयमा मुख्यद्वारमा लगाएको ताला फोडेर भित्र प्रवेश गरि प्रधानाध्यापक केशवराम यादवलाई “कहाँ छ” भन्दै आक्रामक शैलीमा खोजेका थिए, प्रधानाध्यापक यादवलाई नभेटेपछि अन्य शिक्षकलाई गालि गलौच गर्दा शिक्षक श्रवण यादवले मोबाइलबाट भिडियो खिच्दै गर्दा उनीहरुले मोबाइल खोस्नुका साथै कुटपिट गरेका थिए ।
घटना घटाएर फरार रहेका अधिकारी र कार्कीको तिब्ररुपमा खोजि कार्य भईरहेको थियो, त्यसै अनुशार गएराती साढे नौ बजेको समयमा अधिकारीलाई बेलाबाटै नियन्त्रणमा लिएको प्रहरी निरीक्षक ओलीले जानकारी दिनु भयो।
अधिकारी र कार्कीलाई सार्वजनिक मुद्दा दर्ता गरि आवश्यक अनुशन्धान प्रक्रिया अगाडी बढेको छ भने घटनामा संलग्न भएका कार्की अझै फरार छन, उनको खोजीकार्य भैरहेको प्रहरीले बताएको छ ।
