Sidha Patra मंगलबार, आश्विन २०, २०७७

दाङ । पाल्पा प्रदेश नंं. ५ को राजधानी बुटवल कायम गर्नुपर्ने मागसहित पाल्पामा विरोध प्रदर्शन भएको छ । प्रदेश राजधानीको लागि सबै किसिमको पूर्वाधार निर्माण भईसकेको अवस्थामा अस्थायी राजधानीको रूपमा रहेको बुटवललाई नै मान्यता दिनुपर्ने मागसहित नेपाली कांग्रेस पाल्पाले विरोध ¥याली गरेको हो ।

विरोध प्रदर्शनमा सहभागीहरूले प्रदेशको राजधानी सार्न पाइदैन, कम्युनिष्ट सरकार चाहिँदैन, भ्रष्ट सरकार मुर्दावाद, नेपाली कांग्रेस जिन्दावाद भन्दै नारा लगाएका थिए ।
तानसेनको पार्टी कार्यालयबाट सुरु भएको विरोध ¥याली आन्दोलन चोक, भिमसेन टोल, नारायण स्थान हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि पुगी कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका जिल्ला उपसभापति देवराज ढकालले लोकतान्त्रिक मूल्य र मान्यता विपरीत प्रतिपक्ष दलसँग छलफल नै नगरी जनभावना विपरीत प्रस्ताव ल्याउनु गलत भएको बताए । उनले विगतको सरकारले टुङ्गो लगाइसकेको राजधानीका विषयमा प्रदेशका जनतालाई द्वन्द्वमा फसाउने काम वर्तमान सरकारले गरेको उपसभापति ढकालले बताए । अहिले प्रदेशको राजधानी दाङको देउखुरी लैजाने प्रस्ताव आएकाले त्यसलाई तत्कालै फिर्ता नलिए थप आन्दोलन चर्काउने चेतावनी नेपाली कांग्रेस पाल्पाका कार्यक्रमहरू उद्घोष गरेको उनले बताए ।

प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले केही प्रदेश सांसदलाई मन्त्री बनाउने, केहीलाई विभिन्न प्रलोभन दिएर निरकुंश शैलीमा प्रस्ताव ल्याएको भन्दै सबै जनता मिलेर आन्दोलन चर्काउनु पर्ने नेपाली कांग्रेसका सचिव झपेन्द्र गैरेले बताए । हिजो नेकपाका नेताहरूले जनतासँग भोट माग्दा प्रदेश राजधानी बुटवल बनाउने आश्वासन दिएको र अहिले आएर एकाएक जनभावना विपरीत राजधानी सार्ने विषय प्रस्ताव ल्याएको सचिव गैरेले दाबी गरे ।

प्रदर्शन कार्यक्रममा नेपाली कांग्रेसका नेता, भातृसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको व्यापक सहभागिता रहेको थियो । जिल्लाको रामपुरमा पनि कांग्रेसले विरोध प्रदर्शन गरेको छ । नेकपाले प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएपछि नेकपाका जिल्ला नेताहरू भने मौन बसेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]