भानु जोशी/लमही मंगलबार, जेठ २३, २०८०

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ चन्दनपुर बस्ने वर्ष २९ का चाम बहादुर कार्की गत २०७९ फागुन पहिलो सातादेखि दुबै मृगौला फेल भएर मृत्युसंग संघर्ष गरि रहेका छन् ।

वैदेशिक रोजगारीका लागि भनेर गत फाल्गुनको पहिलोहप्ता भैरहवा मेडिकलमा स्वास्थ्य परिक्षण गराउदा कार्कीलाई प्रेसर बढी देखिएको थियो । त्यसपछि कार्की आफ्नो शेरबहादुर कार्की अंकलसंग भारतको उत्तर प्रदेश बलामपुर जेडिकुइया स्थित नर्सिङ पपुलर मेडिकलमा प्रेसरको उपचार गराउन पुगेको बताए ।

भारतमा प्रेसरको उपचार गराएर घर फर्केपछि प्रेसर घटेर ठिक भएको थियो । तर दुखको कुरा केहि दिनपछि कार्कीले दुबै मृगौला र आँखाको ज्योति गुमाउँन पुगे । कार्कीका अनुसार अहिले आफुले २५% जति मात्र आँखा देख्ने गरेको र बाँकी ७५% गुमाइसकेको बताए ।

घर परिवारबाट छुट्टीएर बसेका उनको सम्पत्तिको नाममा २ कठ्ठा जग्गा मात्र रहेको छ । त्यस्तै उनको घरमा श्रीमती र दुईवटा छोरी रहेका छन् भने आर्थिक अवस्था भने साह्रै कमजोर रहेको छ । हप्तामा दुईपटक डाइलोसिस गर्नु पर्ने र एकपटक डाइलोसिस गर्दा करिब साढे छ हजार लाग्ने गरेको मृगौला पीडित कार्कीले बताए ।

गाउँपालिकाबाट १० हजार सहयोग प्राप्त भएको र अहिले गाउँपालिकाले महिनामा पाँचहजार दिने भएको छ । तर उक्त रकम कुनै छेउटुप्पो लाग्ने छैन,त्यो पनि अझै गाउँपालिकाले उपलब्ध गराएको छैन । जीवन रक्षाका लागि उनले सबैसंग सहयोगको याचना समेत गरेका छन् ।

त्यस्तै अहिले उनको उपचारको लागि विभिन्न स्थानहरुमा सहयोग रकम संकलन गरिदै छ । हालसम्म धेरै सहयोगी दाताहरुले सहयोग उपलब्ध गराएको र अझै थप उपचारको लागि धेरै रकम आवश्यक पर्ने भएको हुँदा सहयोगका लागि देश तथा विदेशमा बस्ने सबै नेपालीहरुमा घरपरिवारले अनुरोध गरेका छन् ।

त्यस्तै सहयोग गर्न चाहने महानुभावले बैंकक मार्फत पनि सहयोग गर्न सक्नु हुनेछ । जसका लागि खाता नम्बर निम्न रहेका छन् ।

चाम बहादुर कार्की
ज्योति बिकास बैंक खाता नम्बर ०४५०१३००५६५३०५०००००१दिलबहादुर कार्की क्षेत्री
एनआइसी एशिया बैंकक खाता नम्बर ३५२५७५२७२८६२७००१
सम्पर्क व्यक्तिहरु:
चाम बहादुर कार्की ९८६९१२१४२६
प्रेमबहादुर खत्री ९८४४८४७९६५/९८०८४१३८२८
शेरबहादुर कार्की ९८२२८४६०९४

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]