
Ggp
Gfs
Rgp
Ses
Djs
Pbu
Lnp
cjs
pku
Sgr
Unsku
Srbpu
Pes
Rgp1

Gst
Ssm
Asm
Sls
Bbbpu
Tsm
Wsp
Ksm
Rsb
Hal
Sbs
Vor
Bbu
Ggd
Pvg
Rgu
nsb
Rgu
Rgs

Rmb
Jmb
sab
Gsb
Mks
Syp
Abd
Ptm
Jmb
Pls
Rpp
Bml
bbt
दाङ । लमही नगरपालिका भित्रका सरकारी सवारी साधनहरुको चरम दुरुपयोग भएको भनि लमहीका एक युवाले नगर प्रमुख सक्षम जानकारी माग गरेका छन् ।
लमही नगरपालिका वडा नम्बर ५ बस्ने युवराज पौडेल (opositive) ले लमही नगरपालिका प्रमुख जोगराज चौधरीलाई सरकारी सवारी साधनहरुको दुरुपयोग सम्बन्धि जानकारी उपलब्ध गराउन विभिन्न ७ बुदे माग पत्र पेश गरेका छन् । उनले आफ्नो निवेदनमा लमही नगरपालिकामा के कति सरकारी सवारी साधनहरु छन् ? क कस्ले कुन नम्बरको साधन चलाउँछन् ? सवारी साधन कुन समयमा प्रयोग गर्न पाउँनेहो ? सार्वजनिक विदाको दिन किन चलाएको या चलाउँदा अनुमती लिए नलिएको ? कर्मचारीले बिहान तरकारी बोक्न,दुध बोक्न, बालबालिकालाई विद्यालय पुर्याउन,ससुराली जान, बिदाको दिन घर सम्म लैजानेहो वा होइन,होइन भने संबिधानको कुन धारामा टेकेर अनुमती दिएको या अनुमती बिनै सवारी दुरुपयोग गरेको ? उल्लेख गरेका छन् ।
त्यस्तै सवारी साधनका लागि वार्षिक कति इन्धन खर्च हुन्छ ? लमही नगरपालिका भित्रका केही सवारीसाधन रातोप्लेटमा के कति कारणले राखियो ? यो राख्नु पर्ने कारण के हो ? लगायतका विषयमा उनले जानकारी माग गरेका छन् । यस्तै उनले नगर प्रमुख चौधरीलाई आम जनताले तिरेको करबाट चल्ने सरकारी निकायमा कार्यरत कर्मचारी र जनप्रतिनिधिबाट गरिएको सरकारी सवारी साधनको चरम दुरुपयोग रोक्न यहाँको तर्फबाट कुनै पहल नगरेको महसुस भएको हुँदा आगामी दिनहरूमा हुने सहयोगको आशा राख्दै यो निवेदन पेश गर्दछु भनि निवेदनमा उल्लेख गरेका छन् ।
