शर्मिला थापा मगर/नुवाकोट सोमबार, जेठ २२, २०८०

नुवाकोट । बेलकाेटगढि नगरपालिका बाघखाेर नुवाकोटको आयाेजनामा द्वन्द्व पीडितहरुकाे लागि आयमुलक ३ दिने कुखुरा पालन सम्बन्धि तालिम आइतबारदेखि बाघखोर नुवाकोटमा सुरु भएको छ ।

जेठ २३ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रमकाे उद्घघाटन प्रमुख अतिथि बेलकाेटगढि नगरपालिका नुवाकोटका उप-प्रमुख शिव प्रशाद दाहालले गर्नु भएको थियाे । कार्यक्रमकाे संयाेजन तथा सभाध्यक्षता मानव अधिकारका लागि महिला एकल महिला संस्था बागमती प्रदेश अध्यक्ष देवकि पाैडेलले गर्नु भएको थियाे ।

तालिम लिईसकेपछि पेशागत रुपमै अपनाई कार्य गर्नुपर्ने छ जस्काे लागि थप तालिम प्रदान गरि सक्षमता हासिल गर्नुपर्ने भएमा बेलकाेटगढि नगरपालिका सधै यस किसिमको कार्यक्रम गर्न तयार रहेकाे कुरा उप-प्रमुख दाहालले शुभकामना मन्तव्यका क्रममा राख्नु भयो ।

द्वन्द्व पीडितहरुकाे परिवारकाे आयआर्जनमा सघा पुर्‍याउने उद्देश्यका साथ संचाल गरिएकाे उक्त आवाशिय तालिम पश्चात् बीउ पुंजिका साथ कुखुरा र दाना दिईने जानकारि मानव अधिकारका लागि महिला एकल महिला संस्थाका प्रदेश अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष देवकि पाैडेलले जानकारी दिनु भयो ।

त्यस्तै उक्त कार्यक्रममा बेलकाेटगढि नगरपालिका नुवाकोटका प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डित, कार्यपालिका सदस्य गमला लामा,महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जानकि मिश्र,आर्थिक विकास शाखाका दिनेश जम्कटेल,राष्ट्रिय भूमि आयाेग नुवाकोटका सदस्य सुभद्रा नेपाल,पशु प्राबिधिक तथा प्रशिक्षक नवीन पुडासैनी,प्रशान्त राई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियाे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]