ओमप्रकाश गुप्ता आइतबार, जेठ २१, २०८०

दाङ । देउखुरीमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किएर १ जनाको मृत्यु ३ जना घाइते भएका छन् ।

लमही- भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ४ माैरीघाटमा आज दिउँसो १२:३० बजेको समयमा पुर्वबाट पश्चिम तर्फ गइरहेको भे १२ प ७५०४ नम्बरको मोटरसाइकल र पश्चिमबाट पुर्व गइरहेको रा १ ह ५६०१ नम्बरको अटो एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परि अटो चालक घोराही ५ निवासी ३१ वर्षिय किरण रोकाको मृत्यु भएको छ । घाइते भएका रोकालाई उपचारका लागि सिसहनियाँ स्वास्थ्य चाैकीमा ल्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । त्यस्तै दुर्घटनामा परि अटोमा सवार घोराही १८ मसिना निवासी ५० वर्षिय दिलसरा बादी, मोटरसाइकल चालक राप्ती गाउँपालिका ३ बसन्तपुर निवासी ३४ वर्षिय दोर्णबहादुर चाैधरी, मोटरसाइकलमा सवारमा सोही ठाउँ निवासी २६ वर्षिय सुन्दर चाैधरी घाइते भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

यस्तै घाइते मध्ये मोटरसाइकलका घाइते दुवै जनालाई सिसहनियाँ स्वास्थ्य चाैकीमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगन्ज र अटोमा सवार दिलसरा बादीलाई थप उपचार लागि घोराही पठाएको प्रहरीले बताएको छ । अटो र मोटरसाइकल तिव्र गतिमा रहेको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ । अटो र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]