
pku
Ggp
Pbu
Lnp
Unsku
Sgr
Srbpu
Rgp1
Rgp

Ksm
Sls
Rsb
Wsp
Bbu
Rgu
Hal
Rgs
Pvg
Ggd
Asm
Tsm
Vor
nsb
Ssm
Rgu
Bbbpu
Gst
Sbs

Jmb
Pls
Rmb
Rpp
Syp
Gsb
Abd
Bml
Mks
sab
Ptm
Jmb
bbt
बाँके । नेपालगन्ज नाकामा एकीकृत जाँच चौकी आईसिपी बिहीबारदेखि सञ्चालनमा आएको छ ।
आईसिपीको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट ‘भर्चुअल’ माध्यमबाट संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरमा दुई वर्षअघि आईसिपी निर्माणको काम सुरु भएको थियो । भारतले नेपाल र भारत दुबै तर्फ एकैसाथ निर्माण कार्य अगाडी बढाएकोमा हालै काम सम्पन्न भएको बताइएको छ ।
आईसिपी निर्माणका लागि भारतको ‘राजदिप कन्स्ट्रक्सन कम्पनी’ ले १ अर्ब ४७ करोड (भारु) मा ठेक्का पाएको थियो । सन् २०२० नोभेम्बर २५ देखि निर्माण सुरु भएकोमा उक्त कम्पनीले दुई वर्षभित्रमा काम सम्पन्न गर्ने समय पाएको थियो ।
नेपालगन्ज नाकामा बिहीबार नेपाल र भारतका उच्च अधिकारी,जनप्रतिनिधि,उद्योगी,ब्यवसायी लगायतको उपस्थितीमा माल बाहक सवारी साधनको आयात-निर्यात सुरु गरिएको हो । नेपालका तर्फबाट प्रतिनिधि सभाका सांसद डा. धवल सम्शेर राणा, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी,नेपाल इन्टर मोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल,सुरक्षा निकायका प्रमुख लगायतले दुबै देशको झण्डा देखाएर जुडिबुटी ढुवानी गरेको ट्रकलाई भारततर्फ पठाएका थिए ।
यस्तै भारतका तर्फबाट पनि बहराईच जिल्लाका प्रमुख जिल्ला अधिकारी (डिएम) मोनिका रानी, प्रहरी प्रमुख(एसपी) प्रशान्त वर्मा लगायतले दुबै देशको झण्डा देखाएर पेट्रोलियम र एलपी ग्याँस बोकेको ट्यांकर तथा प्लाईउड बोकेका ट्रकलाई नेपालतर्फ पठाएका थिए ।
ठेकेदार कम्पनीका कार्यकारी निर्देशक अभिजित डाढीवालले आईसिपी निर्माणका क्रममा उच्च गुणस्तरीय सामान प्रयोग गरिएको बताए । आईसिपी निर्माण गर्नका लागि नेपाल सरकारले ८७ विघा जग्गा अधिग्रहण गरेर राखेको थियो ।
उक्त जमिनमा फैलिएको आइसीपीमा भन्सार, अध्यागमन,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय,प्लान्ट तथा पशु क्वारेन्टाइन, बैंक, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ब्यारेक,कर्मचारी आवास गृह लगायत भौतिक संरचना निर्माण गरिएको कम्पनीका कार्यकारी निर्देशक डाढीवालले जानकारी दिएका छन् ।
