
Amb
gms
Gsl
Csbus
Pbu
Ratbs
Syees
Jsbus
Nssbus7
Bksbus5
Ddhbs
Rbs
Ssbus
dsbus
syysr
Gsbus

Rgs
Rsb
Ggd
Pvg
Asm
Ksm
Rgu
Bbbpu
Ssm
nsb
Gst
Wsp
Tsm
Rgu
Sbs
Vor
Sls
Hal
Bbu

Jmb
Abd
Jmb
Ptm
Pls
sab
Syp
Bml
Mks
bbt
Rpp
Gsb
Rmb
काठमाडौं । भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै एउटा भयानक रेल दुर्घटना भएको छ ।
उक्त दुर्घटनामा परी २ सय २३ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते भएको बीबीसी हिन्दी सेवाले खबर लेखेको छ । हावडा-चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएपछि दुर्घटना भएको हो ।
साथै,अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर-हावडा सुपरफास्ट रेल पनि ठोक्किएको थियो । ओडिशाका मुख्य सचिव प्रदीप जेनाले ट्वीट गर्दै यस दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुगेको बताएका छन् । दुर्घटनामा परी करिब ९०० जना घाइते भएको बताइएको छ । भारतका रेलमन्त्री अश्विनी वैष्णव आफैं दुर्घटना स्थल पुगेका छन् ।
त्यस्तै उनले ट्वीट गर्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । यसका साथै उनले गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।
