टेकबहादुर पुन/जिल्ला ब्युरो बुधबार, जेठ १७, २०८०

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ हसनापुरमा नवनिर्मित रामजानकी मन्दिरको उद्घाटन गरिएको छ ।

लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले मन्दिरको बिधिवत उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै वडाध्यक्ष गिरीले धर्मकर्मका लागि मन्दिर आबस्यक रहेकोले बजेट बिनियोजन गरि रामजानकी मन्दिर निर्माण गरिएको बताए । उनले मन्दिर परिसरका जग्गा सँरक्षण गर्दै पार्क र पिकनिक स्पर्टको योजना अगाडि सारिएको बताए । स्थानीय स्तरका पर्यटकलाई भित्र्याउन सकियो भनेपनि बिस्तारै अन्यत्र प्रचारप्रसार हुने र जसले गर्दा आम्दानीको श्रोत बढ्न सक्ने बताए ।

वडाको ५ लाख र हसनापुर-बेला जोड्ने पुल निर्माण कम्पनीको सहयोगमा मन्दिर निर्माण गरिएको हो । मन्दिरमा विभिन्न भगवानहरुको मुर्ती राखिएको छ । मन्दिर दर्शन र भजन किर्तनले मनमा सन्तुष्टि हुने बिश्वास गरिन्छ । भजन किर्तनका लागि मन्दिर नहुँदा समस्या थियो । मन्दिर बनेपछि अहिले त्यो बाध्यता हटेको छ ।

हप्ताको प्रत्यक मँगलबार भजनकिर्तनको कार्यक्रम राखिने हसनापुर टोलबिकाश सँस्थाका अध्यक्ष मन्साराम चौधरीले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]