
Ses
Lnp
Unsku
Rgp
cjs
Gfs
pku
Ggp
Srbpu
Pbu
Djs
Rgp1
Pes
Sgr

Wsp
Ggd
Asm
Hal
Rgu
Bbu
Ksm
Vor
Gst
Pvg
Rgs
Sls
Bbbpu
Sbs
Tsm
Ssm
nsb
Rgu
Rsb

Mks
Pls
Bml
Ptm
Gsb
Rpp
bbt
Syp
Rmb
Jmb
Abd
sab
Jmb
दाङ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवं एक स्थापित उद्योगपति नारायण डिसि छम्पालीले नदीजन्य पदार्थ ( ढुंगा,गिट्टी,बालुवा) को उत्खनन तथा निकासी सम्बन्धि राज्यकोष सबल हुने धारणा प्रस्तुत गरेकाछन।
नदीजन्य पदार्थ उत्खनन गरि निकासी गर्न दुईवटा चरणको ठेक्काको नीति अबलम्बन गरे अहिले हुने गरेको अनियमिता न्यूनीकरण हुनेछ । सर्वप्रथम त उत्खनन गर्नु पर्ने स्थलको ठोस पहिचान गरि ढुंगा,गिट्टी,बालुवा घटाघटमा संकलन गरि घाटगद्दीमा डम्पिङ गरेर राख्नु पर्नेछ।
दोस्रो चरणमा यसरी घाटगद्दीमा राखिएको नदीजन्य पदार्थ बढाबढमा बिक्रीवितरण गरि निकासी गर्न अर्को टेण्डर आह्वान गर्नु पर्नेहुन्छ। यो प्रक्रिया पूरा गर्दा नदीजन्य चीजवस्तुको राजश्व राज्यकोषमा जम्मा हुने र राजश्व चुहावट पुरै रोकिनेछ। यो प्रक्रिया छिमेकी राष्ट्र भारतले कोइला उत्खनन गरि निकासी गर्न अप्नाइएकोछ। जस्ले गर्दा कोइला उत्खनन तथा निकासीमा भारतमा कुनै समस्या नरहेको उनले उल्लेख गरेकाछन।
उद्योगपति तथा युवा नेता नारायण डिसी छ्म्पालीले सामाजिक संजालमा लेखेकाछन: -निकासि गर्न स्वीकृत भयकाे नदिजन्य बस्तु घटाघट काे ठेक्का प्रकृया बाट एकठाउ मा सकलन गराउनुस , बिक्रि गर्दा घाटगद्दि स्थल बाटै बढाबढ काे टेण्डर प्रकृया बाट बिक्रि गर्नुस, भारत मा काेइला बिक्रिकाे यहि छ तरिका …अहिले बाहिर निकासी नभए पनि आन्तरिक खपतमा नदीजन्य पदार्थमा चरम अनियमिता हुने गरेकोछ। ढुंगा,गिट्टी,बालुवा उत्खनन गर्न क्रसर व्यावसायिलाई दिने र क्रसर ब्यबसायिले सिधै क्रसर उद्योगहरुमा डम्पिङ गर्ने गरेकाछन। जस्ले गर्दा राज्यकोषमा थोरै रकम जम्मा हुने र ठेकेदारले मनलाग्दी उत्खनन गरि मनग्ये आम्दानी गर्ने गरेकाछन। कमाउने होडले नदीजन्य पदार्थको अहिले चरम दोहन भइ रहेकोछ । यो दोहन रोक्न पनि उद्योगी डिसि छम्पालीले प्रस्तुत गरेको उत्खनन नीति समय सान्दर्भिक रहेकोछ।
