सागर थापा/सिधा-पत्र क्राइम बिट प्रमुख शनिबार, जेठ १३, २०८०

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको ट्राफिक प्रमुखको रुपमा आएका ट्राफिक प्रमुख प्रहरी निरीक्षक तिलक सुनारले मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरु माथि कडा कारबाही गर्ने बताउनु भएको छ ।उहाँका अनुसार पछिल्लो समय मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने गरेको पाइएको छ । ट्राफिक प्रमुख सुनारले दिउँसै मापसे गरेर सवारी साधन चलाउने गरेका कारण दुर्घटनाको जोखिम बढेकाले ट्राफिक प्रहरीले उनीहरु विरुद्ध कडाई गर्ने बताउनु भयो । उहाँले मापसेलाई निरुत्साहित गर्न सरप्राइज चेकिङ शुरु गरिने र मापसे गरेर सवारी चलाउनेलाई १ घन्टा क्लास लिन सुरु गरेको र दुर्घटनामा धेरै कमि आएको सुनारले जानकारी दिनु भयो ।त्यस्तै उहाँले अटो रिक्सा, ई-रिक्सा व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिकासँग समन्वय गरेर ई-रिक्सा दर्ताको काम भइरहेको पनि जानकारी दिनु भयो । नेपालगञ्ज र कोहलपुर क्षेत्रमा मालबाहक सवारी साधान तोकिएको समयमा लोड अनलोड गर्ने व्यवस्था मिलाउन पहल गरिने सुनारले बताउनु भयो । अनटेष्ट र नम्वर प्लेट स्पष्ट नभएका सवारी साधानहरुमा नम्वर प्लेट बनाउन लगाउने कार्यलाई पनि कडाई गरिने उहाँले बताउनु भयो ।त्यस्तै उपलब्ध जनशक्ति र स्रोत साधनको उपयोग गरेर दुर्घटना न्यूनीकरणको प्रयास गरिने उहाँको भनाई छ । आफ्नो कार्यकालमा ट्राफिक व्यवस्थापनमा सुधारको महसुस गराउने गरी काम गर्ने समेत बताउनु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]