
Ggp
Rgp
Unsku
pku
Rgp1
Lnp
Pbu
Srbpu
Sgr

Bbbpu
Rsb
Rgu
Hal
Ksm
Pvg
Rgu
Bbu
Vor
Ggd
Wsp
Rgs
Ssm
Sbs
Tsm
Asm
Sls
nsb
Gst

sab
Rpp
Mks
bbt
Syp
Jmb
Bml
Pls
Ptm
Jmb
Gsb
Abd
Rmb
दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले एक हप्ते खानेपानी सुरक्षा तथा सचेतना सम्बन्धि अभियान सुरु गरेको छ ।
संस्थाले बार्षिक कार्यक्रम अन्तरगत आफ्नो कार्य क्षेत्र भित्र पर्ने उपभोक्तालाई खानेपानी सुरक्षा तथा सचेतना सम्बन्धि १ हप्ते अभियानकाे शनिबार लमही नगरपालीका वडा नम्बर ३ काे नारायणपुरबाट सुरु गरेको हो ।
खानेपानी संस्थाकि उपाध्यक्ष सितादेवि चाैधरीकाे अध्यक्षता तथा संस्थाका अध्यक्ष जंग बहादुर चाैधरीकाे प्रमुख अतिथिमा नारायणपुर कार्य क्षेत्र भित्र पर्ने नारायणेश्वर टाेल बिकास समिति उपलब्ध उपभोक्ताकाे बीचमा खानेपानी सुरक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा बिशिस्ट अतिथि खानेपानी सुरक्षा समितिका सदस्य स्वास्थ्यकर्मी लमही अस्पतालका प्रशासन प्रमुख हरि खनालले उपलब्ध सम्पूर्णलाई पानीकाे मुलदेखि मुखसम्म शुद्ध खानेपानी पिउन हामीले गर्नु पर्ने दायित्व जिम्मेवारी पाईप लाईन सुरक्षा,पानी दुषित भयमा लाग्न सक्ने राेग हरू,पानी शुद्धीकरण गर्ने बिधिहरुका बारेमा उपस्थिति सम्पूर्णलाई प्रशिक्षण गर्नु भएकाे थियाे।
त्यस्तै कार्यक्रममा अध्यक्ष जंगबहादुर चाैधरीबाट खानेपानी पाईप लाईन,मुलदेखि मुहानसम्म पानीलाई शुद्ध सरसफाइ राख्ने कुरा सम्पूर्ण प्रतिबद्ध भएमा मात्र खानेपानीकाे सुरक्षा हुने र उपभोक्ताले शुद्ध खानेपानी पाउने अबस्था रहन्छ भन्ने कुरा बताउनु भयाे । नारायणश्वेर टाेल बिकास समितिका अध्यक्ष नर बहादुरले लमही खानेपानी संस्थाले उपभोक्तालाई हालसम्म शुद्ध खानेपानी खुवाउन सफल भएकाेमा धन्यवाद दिनु भयाे । खानेपानीकाे सुरक्षा गर्नु हामी सबैकाे बराबर जिम्मेवार भएकाे कुरा समेत नर बहादुरले बताउनु भयाे ।
यस्तै कार्यक्रमकाे अध्यक्षता आसनबाट बाेल्दै सितादेवि चाैधरीले जीवनमा खानेपानीकाे महत्त्व ज्यादै रहेकाे हुँदा हामीले प्राप्त गर्ने खानेपानीलाई खेर नफाल्ने र भान्सा बाथरुमबाट निस्केको पानी तरकारी,बाेट बिरुवामा सिचाइ गरेर सदुपयाेग गर्नु पर्ने कुरा बताउनु भयाे । समिति सदस्य जगनारायण चाैधरीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रम संचालन संस्थाका सचिव बसन्त आचार्यले गर्नु भएकाे थियाे ।

