शिबराज पन्थी/सिधा-पत्र कर्मी शुक्रबार, जेठ १२, २०८०

दाङ । गढवा ५ धर्मपुरकी श्रृष्टि चौधरीले लमहीको रोजि बर्डसको कक्षा ११ मा पढ्दै हुनुहुन्छ । दिनभर स्कूमा पठ्न गएपनि साँझ बिहान तरकारी खेति गरेर पढाई खर्चको जोहो गर्ने उहाँको योजना छ ।

आफ्नो जग्गामा साँझ बिहान तरकारी खेति गरेर आयआर्जन गर्ने उद्देश्य लिएर मुक्त कमलरी बिकास मञ्चले गढवामा सञ्चालन गरेको ५ दिने तरकारी खेति सम्बन्धि तालिम गर्न आउनु भएको छ । बिद्यालयमा पढ्ने किशोरीहरु समेत तरकारी खेति गर्न कस्सिए पछि आकर्षण बढेको पाइएको हो ।

यसअघि तरकारी खेति गर्न कुनै बिधि प्रकृया थाहा नभएको तर तालिम लिएपछि अब खेति गर्न सकिने क्षमताको बिकास भएको गढवा ७ मानपुर निवासी करुणा चौधरीले बताउनुभयो । पाँच दिन सम्म तालिम लिएपछि तरकारी खेतिमा लाग्ने रोग किराहरुका बारेमा थाहा भयो भने किटनासक औषधि र मलखाद प्रयोग गर्ने बिधि समेत बुझ्न पाईयो । अब मजाले तरकारी खेति गरेर आयआर्जनको बाटो रोज्ने जाँगर पलाएको छ–गढवा ५ धर्मपुर निवासी संजिता चौधरीले भन्नुभयो ।

गत जेठ ८ गतेदेखि मुक्त कमलरी बिकास मञ्चले सिमान्तकृत समुदायका १० जना किशोरीहरुलाई छनोट गरी पाँच दिने प्रयोगात्मकम तथा सैद्धान्तिक तालिम सञ्चालन गरेको फिल्ड संयोजक ज्ञानु थापाले जानकारी दिनुभयो । तालिममा सहभागि भएका सबै किशोरीहरुलाई तरकारी खेतिकालागि बिउ पूँजीको रुपमा टनेल बनाउन प्रति ब्यक्ति १० हजारका दरले नगद अनुदान दिने योजना समेत रहेको थापाले बताउनु भयो ।

त्यस्तै बिपन्न सिमान्तकृत थारु समूदायका १० जना किशोरीहरुलाई तरकारी खेति गरेर आयआर्जन गर्न र उनिहरुको जिविकोपार्जनमा सहयोग पुर्याउन मुक्त कमलरी बिकास मञ्चले यस्तो कार्यक्रम राखेको मुक्त कमलरी बिकास मञ्च दाङका अध्यक्ष गिता चौधरीले बताउनु भयो । तालिम लिएका सबै किशोरीहरुले ब्यवसायिक योजना बनाएर तरकारी खेतिमा लागे संस्थाको तर्फबाट हरदम प्राबिधिक सहयोग समेत रहने चौधरीले बताउनुभयो ।

यसैबिच मुक्त कमलरी बिकास मञ्च दाङका अध्यक्ष गिता चौधरीको अध्यक्षतामा गढवा स्थित सामुदायिक पुस्तकालयमा सुरु भएको पाँच दिने तरकारीखेति तालिम शुक्रवार समापन गरिएको छ । कार्यक्रममा पत्रकार शिबराज पन्थी,गढवा गाउँपालिकाका कृषि प्राबिधीक तथा प्रशिक्षकहरु फूलनदेवि चौधरी,हेमराज पुन र सहभागी सिमा चौधरी लगायतले ब्यवसायीक सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो । समापन कार्यक्रमको सहजीकरण मुक्त कमलरी बिकास मञ्च दाङका फिल्ड संयोजक ज्ञानु थापाले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]