
Gfs
pku
Rgp
Lnp
cjs
Pes
Ses
Ggp
Djs
Rgp1
Unsku
Sgr
Srbpu
Pbu

Ssm
Rgs
Gst
Vor
Wsp
Rsb
Rgu
Rgu
Ggd
Hal
Ksm
Bbbpu
Bbu
Sbs
nsb
Sls
Asm
Pvg
Tsm

Jmb
Mks
bbt
Pls
Ptm
sab
Bml
Abd
Gsb
Jmb
Rmb
Rpp
Syp
दाङ । गढवा ५ धर्मपुरकी श्रृष्टि चौधरीले लमहीको रोजि बर्डसको कक्षा ११ मा पढ्दै हुनुहुन्छ । दिनभर स्कूमा पठ्न गएपनि साँझ बिहान तरकारी खेति गरेर पढाई खर्चको जोहो गर्ने उहाँको योजना छ ।
आफ्नो जग्गामा साँझ बिहान तरकारी खेति गरेर आयआर्जन गर्ने उद्देश्य लिएर मुक्त कमलरी बिकास मञ्चले गढवामा सञ्चालन गरेको ५ दिने तरकारी खेति सम्बन्धि तालिम गर्न आउनु भएको छ । बिद्यालयमा पढ्ने किशोरीहरु समेत तरकारी खेति गर्न कस्सिए पछि आकर्षण बढेको पाइएको हो ।
यसअघि तरकारी खेति गर्न कुनै बिधि प्रकृया थाहा नभएको तर तालिम लिएपछि अब खेति गर्न सकिने क्षमताको बिकास भएको गढवा ७ मानपुर निवासी करुणा चौधरीले बताउनुभयो । पाँच दिन सम्म तालिम लिएपछि तरकारी खेतिमा लाग्ने रोग किराहरुका बारेमा थाहा भयो भने किटनासक औषधि र मलखाद प्रयोग गर्ने बिधि समेत बुझ्न पाईयो । अब मजाले तरकारी खेति गरेर आयआर्जनको बाटो रोज्ने जाँगर पलाएको छ–गढवा ५ धर्मपुर निवासी संजिता चौधरीले भन्नुभयो ।
गत जेठ ८ गतेदेखि मुक्त कमलरी बिकास मञ्चले सिमान्तकृत समुदायका १० जना किशोरीहरुलाई छनोट गरी पाँच दिने प्रयोगात्मकम तथा सैद्धान्तिक तालिम सञ्चालन गरेको फिल्ड संयोजक ज्ञानु थापाले जानकारी दिनुभयो । तालिममा सहभागि भएका सबै किशोरीहरुलाई तरकारी खेतिकालागि बिउ पूँजीको रुपमा टनेल बनाउन प्रति ब्यक्ति १० हजारका दरले नगद अनुदान दिने योजना समेत रहेको थापाले बताउनु भयो ।
त्यस्तै बिपन्न सिमान्तकृत थारु समूदायका १० जना किशोरीहरुलाई तरकारी खेति गरेर आयआर्जन गर्न र उनिहरुको जिविकोपार्जनमा सहयोग पुर्याउन मुक्त कमलरी बिकास मञ्चले यस्तो कार्यक्रम राखेको मुक्त कमलरी बिकास मञ्च दाङका अध्यक्ष गिता चौधरीले बताउनु भयो । तालिम लिएका सबै किशोरीहरुले ब्यवसायिक योजना बनाएर तरकारी खेतिमा लागे संस्थाको तर्फबाट हरदम प्राबिधिक सहयोग समेत रहने चौधरीले बताउनुभयो ।
यसैबिच मुक्त कमलरी बिकास मञ्च दाङका अध्यक्ष गिता चौधरीको अध्यक्षतामा गढवा स्थित सामुदायिक पुस्तकालयमा सुरु भएको पाँच दिने तरकारीखेति तालिम शुक्रवार समापन गरिएको छ । कार्यक्रममा पत्रकार शिबराज पन्थी,गढवा गाउँपालिकाका कृषि प्राबिधीक तथा प्रशिक्षकहरु फूलनदेवि चौधरी,हेमराज पुन र सहभागी सिमा चौधरी लगायतले ब्यवसायीक सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो । समापन कार्यक्रमको सहजीकरण मुक्त कमलरी बिकास मञ्च दाङका फिल्ड संयोजक ज्ञानु थापाले गर्नुभएको थियो ।

