Sidha Patra शुक्रबार, जेठ १२, २०८०

दाङ । जीपले स्कुटरलाई ठक्कर दिँदा एक जना शिक्षिकाको मृत्यु भएको छ । जिपको ठक्करबाट गम्भिर घाइते तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवाका ३७ वर्षीय सीता लम्सालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनु भयो ।

त्यस्तै जीपको ठक्करबाट गम्भिर घाइते सीताको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रमुख मल्लले बताउनु भयो ।

बिहिबार बिहान करिब १० बजे पश्चिम हापुरेबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ ज ९२३ नम्बरको जीपले विपरित दिशातर्फ गइरहेको रा ७ प ४२३७ नम्बरको स्कुटरलाई दंगीशरण गाउँपालिका–५ कमलगढीमा ठक्कर दिएको हो ।

मृतक सीता गुरु जजुर मावि रक्षाचौरका शिक्षक झकु प्रसाद खत्रीकी श्रीमती हुनुहुन्छ । सीताले मावि तुलसीपुर धनौरी शान्तिनगरमा पढाउनुहुन्थ्यो । उहाँलाई बिहिबार बिहान विद्यालयमा पढाउने जाने क्रममा जीपले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]