Sidha Patra बिहिबार, जेठ ११, २०८०

धनगढी । सर्वाेच्च अदालतले जन्मकैदको फैसला सुनाएका रेशम चौधरीलाई सरकारले आममाफी दिने तयारी अन्तिम चरणमा पुर्याएको छ।

२०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्युका जिल्ला र उच्च अदालतबाट मुख्य योजनाकारका रुपमा ठहरिएर जन्मकैदको सजाय सुनाइएका चौधरीलाई केही समयअघि सर्वाेच्चले पनि उक्त फैसला सदर गरेको थियो। तर, पूर्वसांसद समेत रहेका चौधरीको बाँकी कैद सजाय मिनाहाका लागि माफीको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयसमक्ष पुर्‍याइएको छ।

त्यस्तै हाल चौधरीकी पत्नीमसेत रहेकी रन्जिता श्रेष्ठ मन्त्रीसमेत रहेकी छन्। र, उनी श्रीमानको रिहाईको सर्तअनुसार नै गठबन्धनमा सामेल भएर मन्त्री बनेको चर्चा छ। अहिले गठबन्धनमा भएको छलफल अनुसार नै रेशमको माफीको तयारी अघि बढाइएको छ। जुन अन्तिम चरणमा पुगेको बताइन्छ।

रेशमलाई माफी दिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफलमा छन्। उनी राष्ट्रपतिलाई यस विषयमा पटकपटक भेटेर वार्ता गरेको बुझिएको छ। यहिँ जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा रेशमलाई सजाय माफी दिन लागिएको छ। चौधरी हाल डिल्लीगार कारगारमा रहेका छन्।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]