Sidha Patra बिहिबार, जेठ ११, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ८ दुलीमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । उनीहरूमध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका इन्सपेक्टर विष्णु श्रेष्ठले जानकारी दिनु भयो ।

सानीभेरी गाउँपालिका वडा नम्बर ३ घ्युढुंगाबाट मुसिकोटतर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान करिब साढे आठ बजेतिर दुर्घटना भएको हो । जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । जिपमा १५ जना सवार थिए ।

त्यस्तै घाइतेहरुलाई उद्धारको काम जारी छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार गम्भीर घाइते भएकाहरुलाई हेलिकोप्टरबाट बाँकेको कोहलपुर लैजाने तयारी छ । ‘घाइतेहरुको उद्धारका लागि सुर्खेतबाट रुकुम पश्चिमका लागि हेलिकोप्टर उडिसकेको छ,’ प्रजिअ पन्तले भन्नु भयो। सामान्य घाइतेहरुलाई भने जिल्ला अस्पताल सल्लेमा लैजाने काम जारी छ । सामान्य घाइतेहरुलाई भने जिल्ला अस्पताल सल्लेमा लैजाने काम जारी रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]