
Rgp1
Srbpu
Pes
pku
cjs
Unsku
Ses
Gfs
Sgr
Rgp
Lnp
Pbu
Djs
Ggp

Sbs
Rgu
Vor
Ggd
Rsb
Gst
Bbu
Sls
Ksm
Tsm
Pvg
nsb
Asm
Ssm
Hal
Bbbpu
Rgs
Rgu
Wsp

Jmb
Pls
Syp
Gsb
Abd
bbt
Bml
Mks
Rmb
Ptm
Jmb
sab
Rpp
रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ८ दुलीमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । उनीहरूमध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका इन्सपेक्टर विष्णु श्रेष्ठले जानकारी दिनु भयो ।
सानीभेरी गाउँपालिका वडा नम्बर ३ घ्युढुंगाबाट मुसिकोटतर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान करिब साढे आठ बजेतिर दुर्घटना भएको हो । जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । जिपमा १५ जना सवार थिए ।
त्यस्तै घाइतेहरुलाई उद्धारको काम जारी छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार गम्भीर घाइते भएकाहरुलाई हेलिकोप्टरबाट बाँकेको कोहलपुर लैजाने तयारी छ । ‘घाइतेहरुको उद्धारका लागि सुर्खेतबाट रुकुम पश्चिमका लागि हेलिकोप्टर उडिसकेको छ,’ प्रजिअ पन्तले भन्नु भयो। सामान्य घाइतेहरुलाई भने जिल्ला अस्पताल सल्लेमा लैजाने काम जारी छ । सामान्य घाइतेहरुलाई भने जिल्ला अस्पताल सल्लेमा लैजाने काम जारी रहेको छ ।
