
Rgp
Djs
Ggp
Pbu
Rgp1
Ses
Srbpu
Gfs
Sgr
pku
cjs
Lnp
Pes
Unsku

Ksm
Rgu
Wsp
Hal
Sls
Rsb
Tsm
Rgs
Bbbpu
Ggd
Asm
Pvg
Bbu
Gst
Vor
Rgu
Sbs
nsb
Ssm

Abd
Bml
Gsb
Syp
Ptm
Jmb
sab
Rpp
Pls
Rmb
Mks
bbt
Jmb
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको जनउत्थान बहुउद्देश्य सहकारी संस्था लिमिटेडले मल वितरणमा दादागिरी गरेको गुनासो किसानले गरेका छन् ।
घोराही १७ तथा १५ बाट मल लिन आएका किसान विहान ७ बजेदेखि लाईनमा बसेपनि नाम टिपाएर आएको भन्दै अरुलाई मल दिएर पठाए तर आफुहरुले मल नपाएको गुनासो गरेका हुन् ।
त्यस्तै संस्थाबाट टोलमार्फत् मल लिनका लागि विहान आउन भनेर किसानलाई खवर पुगेको थियो । विहान ७ बजेदेखि लाईनमा बसेको किसानलाई मल नदिएर अरुलाई अगाडी नै नाम टिपाएको भन्दै मल दिनु गलत भएको किसान पवित्रा चौधरीले बताउनु भयो ।
यस्तै किसानहरुले आफुले मल नपाएपछि अहिले संस्थाको मुल गेटमा ताला समेत लगाईदिएका छन् । मल वितरणमा किन समस्या आएको हो भनेर बुझ्नका लागि संस्थाको फोन नंम्वर ०८२५६३८९८ मा फोन गर्दा फोन उठेको छैन् ।
