
Ksbus
Lnp
Sdc
Rgp
Asbus
Msbus
Ggp
Ksbus
Ggp
हल्लाका पछि नलागौँ, सचेत रहौँ।

प्युठान। कोभिड–१९ सङ्क्रमणको आशंकामा मंगलबार प्युठानबाट बुट्वल ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ।उनको स्वास्थ्य चेकजाँचपछि उक्त रोगको संक्रमण नभएको पुष्टि भएको हो। बुटवलमा चेकजाँच गर्ने प्रयोगशाला नभएपछि राष्ट्रिय प्रयोगशाला टेकुँ काठमाण्डौँ लगिएको थियो । प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले विहिवार साँझ देशभरका १८ जनाको एकैपटक सार्वजनिक गरिएको रिपोर्ट अनुसार बिरामीको नमुना परिक्षण गर्दा काेराेनाकाे संक्रमण नरहेकाे पाइएकाे छ । कोरोना भाइरसको जस्तै लक्षण देखिएपछि जिल्लाको ऐरावती २ निवासी एक व्यक्तिलाइ बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो । उनमा उच्च ज्वरो समेत देखिएको थियो। रोजगारीका क्रममा भारत बसेर गाउँ फर्किएलगत्तै उनी बिरामी रहेको भन्ने अनावश्यक हल्ला जिल्लाभर फैलिएपछि स्वास्थ्यकर्मीसहितको टोलीले उनको गाउँमै पुगेर तत्काल एम्बुलेन्स मार्फत बुटवल अस्पताल पठाएको थियो। गाउँपालिकाको आर्थिक सहयोगमा स्वास्थ्य परिक्षणको लागी उनलाई बुटवल अस्पताल लगिएको थियो।विश्वभर कोरोनाको संक्रमण फैलिएपछि प्युठानमा पनि सतर्कता बढाइएको छ ।
