
Sgr
Rgp
pku
Unsku
Ses
Pbu
Lnp
Gfs
Ggp
Srbpu
Pes
cjs
Djs
Rgp1

nsb
Bbbpu
Tsm
Rgu
Ssm
Wsp
Ggd
Sls
Ksm
Asm
Hal
Rsb
Pvg
Rgs
Vor
Rgu
Bbu
Gst
Sbs

Gsb
Pls
Abd
bbt
Rpp
Bml
Jmb
sab
Jmb
Rmb
Syp
Ptm
Mks
दाङ । दाङकाे गढवा गाउँपालिका वडा नम्बर २ कोठरी निवासी हल्लु नारायण चौधरीको जिब्रोमा अनौठो प्रकारको रोग लागेको छ। हल्लु नारायण चौधरी विगत सात महिनादेखि डर लाग्दो रोगको कारणले परिवार नै पीडित छ ।
५५ वर्षीय पीडित हल्लु नारायण चौधरी नेपालको काठमाडौं, बुटवल, नेपालगंज र भारतको केही ठाउँमा समेत औषधी उपचारका लागि जानुभयो तर न त रोग पत्ता लाग्यो नत सञ्चो नै भयो । अन्ततः भएभरको सबै पैसा सकियो तर समस्या जस्ताकाे तस्तै रह्योव । गढवा गाउँपालिकाका प्रेस संयोजक समेत रहेका उमानाथ यादव (आलोक भावुक)ले सामाजिक सञ्जालमा पीडित चौधरीको फोटो देखेपछि २०८० बैसाख २८ गते बिहिवार पिडित चौधरीको घरमै पुगेर रोग बारे सोधपुछ गर्नु भयो।
त्यस्तै सोधपुछको क्रममा सबै तिर औषधी गराउदा पनि समस्या समाधान नभएको र आर्थिक अभावले अब उपचार गराउन नसकिने परिवारले बताए पछि उहाँले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सहयोगको लागि सबैमा अनुरोध गर्नु भयो। आलोक भावुक नामक फेसबुकमा हालिएको सानो भिडियो क्लिप अहिले १३ लाख पटक भन्दा बढी हेरिएको छ।
त्यसपछि हल्लु नारायण चौधरीको जिब्रो उपचारका लागी स्वदेश तथा विदेशबाट सहयोग रकम उठ्न शुरु भयो । हालसम्म नगद र खातामा गरी ४ लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको हल्लु नारायण चौधरीको बचाउ अभियानका समन्वयकर्ता भावुकले बताउनु भएकाे छ।
पत्रकार भावुकले चौधरीको घरमै पुगेर सानो भिडियो सहितको स्टाटस लेखेपछि सहयोग गर्नेहरुको हात अगाडी बढ्दै गयो। आर्थिक संकलन सुरु भए लगत्तै चौधरीको जिब्रो उपचारका लागि काठमाडौँ लगिएकाे छ । नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा अहिले बिरामी चौधरीको उपचार भैरहेको र स्वास्थ्य सुधार हुँदै गएको पत्रकार भावुकले जानकारी गराउनु भएकाे छ।
नयाँ प्रकारकाे राेग भएकाे हुनाले याे कस्ताे प्रकारकाे राेग हाे भनेर किटान भएकाे छैन । अस्पतालले राेग पहिचानकाे प्रक्रिया जारी राखेकाे छ । उपचारमा कति पैसा लाग्छ । एकीन भएकाे छैन । तैपनि अप्रेशन गर्न परेकाे खण्डमा धेरै पैसा लाग्ने र अहिले उठेकाे रकमले नपुग्ने हुनाले सहयाेगी, मनकारी व्यक्तिहरूलाइ सहयाेग गरेर चाैधरीकाे जीवन बचाउन सहयाेग गर्नुहुन भावुकले अपिल गर्नु भएकाे छ ।
