
Rgp1
Unsku
Pbu
Ses
Srbpu
Gfs
Lnp
Djs
cjs
Pes
Ggp
Sgr
Rgp
pku

Bbbpu
Rgu
Gst
Sbs
Ggd
Hal
Rsb
Rgu
Ssm
nsb
Sls
Wsp
Asm
Pvg
Rgs
Tsm
Ksm
Vor
Bbu

Pls
Jmb
Mks
Bml
Rpp
bbt
Jmb
Abd
Ptm
Gsb
sab
Rmb
Syp
दाङ । वडा प्रहरी कार्यालय लमहीले लमही क्षेत्रका विद्यालयहरुमा सचेतनामुलक कार्यक्रमलाई प्राथमिकताका साथ अगाडी बढाएको छ ।
प्रहरीले यहाँका सामुदायिक र निजि विद्यालयमा पठनपाठन गर्दै आएका विद्यार्थी र शिक्षक / शिक्षिकाहरुलाई विद्यालयमै पुगेर चेतनामूलक प्रशिक्षण दिदै आएको छ । यसैबीच सोमबार वडा प्रहरी कार्यालय लमहीले सनलाईट मोर्डन माध्यामिक विद्यालयमा सचेतना कार्यक्रम गरेको छ ।
विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुलाई लागु औषध दुर्व्यसनी नियन्त्रण सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनु भयो ।
कार्यक्रममा लागु औषध दुर्ब्यसनी भनेको के, दुर्ब्यसनीको कारण तथा त्यसले समाज र ब्यक्तिगत जीवनमा पार्ने दीर्घकालीन असरको बारेमा उपस्थित सबैलाई जानकारी गराइएको थियो ।
वडा प्रहरी कार्यालय लमहीमा प्रहरी निरीक्षक श्रेष्ठ आएदेखि आपराधिक क्रियाकलाप रोकथाम तथा नियन्त्रणका कामले तिब्रता पाएका छन । वडा प्रहरी कार्यालय लमहीद्वारा अपराध अनुसन्धान तथा नियन्त्रण गर्न जेष्ठ महिनाको सुरक्षा योजना निर्माण गरि सो बमोजिम टोल-टोल र विद्यालयस्तरमा यस्ता खाले जनचेतनामूलक कार्यक्रम सञ्चालन भैरहेका छन ।
पछिल्लो समय युवा तथा वयस्क उमेरका मानिसहरु अत्याधिक मात्रामा लागुऔषधको दुर्ब्यसनीमा फसेको तथ्याङ्कमा देखिएको र आम नागरिकको गुनासो बढ्दै गएको छ । सोही गुनासोका आधारमा सम्बोधन गर्न प्रहरीले लागु औषधको सेवन तथा कारोबार गर्ने माथि कानून बमोजिम दण्डित गर्न र युवाहरुलाई दुर्ब्यसनीमा फस्नबाट रोक्न जनचेतनामूलक कार्यक्रमलाई बिशेष प्राथमिकता दिंदै आएको छ ।
यस्तै कार्यक्रम मार्फत समाजलाई लागु औषध दुर्ब्यसनीबाट मुक्त गराउने नेपाल प्रहरीको मुख्य उदेश्य रहेको छ । कार्यक्रममा झण्डै एक सय जनाको सहभागिता रहेको थियो भने सचेतनामूलक कार्यक्रमको सहजीकरण प्रहरी निरीक्षक शंकर श्रेष्ठले गर्नु भएको थियो ।
