
Srbpu
pku
Ggp
Pes
Ses
Unsku
Pbu
Gfs
Rgp
Rgp1
cjs
Djs
Sgr
Lnp

Rgs
Wsp
Vor
Rgu
Rsb
Sls
Bbbpu
Ksm
Sbs
Rgu
Ggd
nsb
Pvg
Gst
Bbu
Tsm
Hal
Asm
Ssm

Jmb
Gsb
Rpp
sab
bbt
Syp
Pls
Ptm
Bml
Rmb
Mks
Jmb
Abd
दाङ । दाङमा घरमै घुसेर चोरी गर्ने नक्कली पत्रकार ६० हजार बढी नगद सहित पक्राउ परेका छन् ।
लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीमा राती घरभित्रै पसेर चोरीगर्ने एकजना नक्कली पत्रकारलाई प्रहरीले पक्राउ गरेको हो । राजपुर गाउँपालिका वडा नम्बर ६ खाँग्रानाका घर बताउने अन्दाजी २५ बर्षिय टोपेन्द्र सिँह ठकुरीलाई शनिबार बिहान पक्राउ गरिएको हो ।
घटनाको प्रकृति हेर्दा उनी राती १ बजे गाउँ छिरेको प्रहरीको अनुमान छ । पालैपालो प्रत्यक घरमा चोरीको प्रयास गरेका छन् । जसमध्य जानकि चौधरीको ताला फोडेर नगद ४८ हजार, निरु चौधरीको नगद २ हजार, लमही-६ मध्यनगर घर भई बनघुस्री पाहुना पर्न आएकि पुष्पा चौधरीको नगद ५ हजार चोरी भएको पिडितले बताएका छन् ।
त्यस्तै जिउ नारायण चौधरी र रघुबिर चौधरीको ढोका र झ्याल फोडी चोर्ने प्रयास गरिएको छ । त्यस लगत्तै घरका मान्छेले थाहा पाएपछि हल्ला हुन थाल्यो । स्थानियहरु चोरको खोजीमा लागे । त्यसबेला करिब बिहान ३ बजिसकेको थियो । खोजि गर्दैगर्दा स्थानियले टाढाबाट देखे तर उनी ब्यपत्ता भए । उनको मोटरसाईकल गाउँदेखी पश्चिम सामुदायिक भवनको छेउछाउँमा फेला पर्यो । चोरीगर्ने ब्यक्ति यतै छन भन्ने थप सँका पैदा भयो । प्रहरी र स्थानियले चारैतिर खोजतलास गर्दा उनी नयाबस्तीमा पैदल भेटिए । हुलियाको आधारमा उनलाई नियन्त्रणमा लिईएको थियो । चोरी गर्ने अरु कोही नभई उनी नै थिए । नियन्त्रणमा लिएपछि उनले आफुलाई पत्रकार भनेर चिनाउन थाले । तर उनी दाङका कुनैपनि मिडिया तथा पत्रकार संगठनमा आबद्द नरहेको खुलेको छ । अचम्म त यो छकि उनी सवार भे ७ प २८८४ नम्बरको मोटरसाईकलको अगाडि भागमा (Press) लेखिएको छ ।
प्रहरी चौकि गोझेनामा उनलाई सोधपुछ गर्दा आफु एक्लै रहेको बताए । तर स्थानियले अरु २ जना स्कुटरमा भागेको बताउछन् । ठकुरीको साथमा केही भेटिएन । चोरी गरेको रकम उनले नयाबस्तीमा पक्राउ पर्नु अघिनै बाटोको किनारमा झारमा लुकाईसकेका थिए । पछि प्रहरीको दवावपछि उनले बाटोमा लुकाएको बताए । उनले लुकाएको स्थानबाट नगद ६० हजार २ सय २० रूपैया प्रहरीले बरामद गरेको छ ।
त्यस्तै ठकुरी नियतले खराब भएको राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्याम रोकाले बताए । ‘पहिले राजपुर बासिन्दा हुन, अहिले लमही बस्नुहुन्छ वडाध्यक्ष रोकाले भने-मलाई लाग्छ उहाँहरुको यो पेशा जस्तै हो, यस्ता घटना थुप्रै छन् ।’
यस्तै ठकुरी चोरी गर्नेमा माहिर छन् । उनका नजिकका अनुसार उनी सुनदेखी नुनसम्म पनि चोरी गर्न पछि पर्दैनन । समय सधैजसो एकैनास छैन । पहिले चोरी गरेर खुलेयाम हिड्ने गरेपनि अहिले उनी प्रहरीको फन्दामा परेका छन् । घटनाबारे थप अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
