
pku
Unsku
Gfs
Ggp
Sgr
Ses
Srbpu
cjs
Rgp1
Rgp
Lnp
Pes
Djs
Pbu

Rgu
Sls
Rsb
Asm
Ksm
Bbbpu
Gst
Hal
Ssm
Sbs
Rgs
Wsp
Pvg
Ggd
Tsm
Rgu
Bbu
nsb
Vor

Rmb
Mks
Bml
Abd
Pls
sab
Ptm
Gsb
Rpp
Syp
Jmb
bbt
Jmb
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सवारी दुर्घटना न्यूनीकरण गर्न सवारीका चालक र सहचालक तथा यात्रुहरुलाई ट्राफिक शिक्षा दिएको छ ।
लमही बजारको राजमार्ग र गढवा बजारमा गढवा गाउँपालिकाको नगर प्रहरी समेतको उपस्थितिमा सवारी चालकहरूलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लले प्रशिक्षण दिएका हुन् । जिल्लामा राजमार्ग लामो हुनु र भित्री सडकमा समेत सवारी चाप अत्यधिक भएकाले चालक र सहचालकलाई प्रशिक्षित गर्नु परेको दाङ ट्राफिक प्रहरीले जनाएको छ ।
दाङमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको तथ्याङ्क अनुसार ट्राफिक प्रहरीले त्यसको न्यूनीकरण गर्नका लागि यो अभियान थालेको हो । राजमार्गमा गुडिरहेको गाडीमा एक मिनेट चालक र एक मिनेट यात्रुसँग भन्ने अभियान चलाएको ट्राफिक प्रहरीले अहिले जिल्लामा रहेका सरोकारवाला निकायको सहयोगमा चालकलाई प्रशिक्षित दिएको हो ।
कम्तीमा ३ दर्जन जना सवारी साधनको चालकहरुलाई ट्राफिक प्रहरीले सचेतना अभियान बारे जानकारी गराएको अस्थायी ट्राफिक प्रहरी पोस्ट लमहीका ट्राफिक प्रमुख लक्ष्मण अयेरले जानकारी दिएका हुन् ।

