Sidha Patra शनिबार, जेठ ०६, २०८०

एजेन्सी । भारतको केन्द्रीय बैंकले २,००० भारुको नोटलाई चलनचल्तीमा नल्याउने निर्णय गरेको छ । भारतीय रिजर्ब बैंक (आरबीआई)का अनुसार यो नोट बैध हुनेछ, तर ३० सेप्टेम्बरसम्म आफ्नो बैंक खाता जम्मा गर्न सकिनेछ । साथै बैंकको कुनै पनि शाखामा गएर आफ्नो नोट बदल्न पाइनेछ । यो सुविधा एक पटकमा २० हजार भारुसम्म २ हजारको नोट बदल्न पाइनेछ ।

त्यस्तै नोट बदल्दा अतिरिक्त शुल्क लाग्ने छैन । बीबीसी हिन्दीका अनुसार आरबीआईले अब नयाँ २,००० भारुको नोट जारी गर्ने छैन । आरबीआईले दिएको ३० सेप्टेम्बर २०२३ पछि के हुने बताएको छैन । तर नयाँ निर्देशन आउने सम्भावना छ ।

यस्तै भारतमा नोभेम्बर १०१६ मा पहिलो पटक २,००० भारुको नोट जारी भएको थियो । त्यो बेला ५०० र १,००० भारुको नोटबन्दी गरेपछि अर्थ व्यवस्थामा मुद्राको आवश्यकता पूरा गर्न २,००० भारुको नोट ल्याइएको थियो । जब बजारमा साना नोटको उपलब्धता बढ्यो, त्यसपछि २०१८–१९ मा २,००० भारुको नोट छाप्न रोकिएको थियो ।

त्यस्तै समाचारहरुमा जनाइअनुसार ३१ मार्च २०२३ मा ३.६२ लाख करोड मुल्यको २ हजारको भारु नोट बजारमा चलन चल्तीमा थियो । यो नोटको सर्वाधिक सर्कुलेशन ३१ मार्च २०१८ मा ६.७३ लाख करोड भारु थियो, जुन कुल नोटको करिव १० प्रतिशत हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]