
Lnp
Pbu
Srbpu
Unsku
Ses
Djs
Ggp
pku
Rgp1
Gfs
Pes
Sgr
cjs
Rgp

Hal
Pvg
Ssm
Sls
Vor
Wsp
Rgu
Gst
Rsb
Rgs
Bbbpu
Ggd
Asm
Sbs
Ksm
Tsm
Rgu
Bbu
nsb

sab
Abd
Ptm
Rmb
Syp
bbt
Jmb
Bml
Gsb
Mks
Pls
Rpp
Jmb
दाङ । तुलसीपुरमा एक जना बालक नुहाउने क्रम खोलामा डुबेर मृत्यु भएको छ । बुधबार बेलुका अन्दाजी साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका १७ बघौसी स्थित हापुर खोलामा नुहाउने क्रममा डुबेर बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनु भयो ।
रोल्पा रुन्टीगढी गाउँपालिका(६ घर भैहाल तुलसीपुर उपमहानगरपालिका १७ बस्ने तिलसरी बोहराका १० वर्षीय छोरा बसन्त बोहराको मृत्यु भएको हो । खोलामा नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएका बसन्तको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताललाई उधृत गर्दै प्रमुख मल्लले बताउनु भयो । अहिले मृतक बालकको शव पोष्ठमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।
