
Sgr
Unsku
Lnp
pku
Rgp1
Pes
Ses
Pbu
Ggp
cjs
Djs
Gfs
Srbpu
Rgp

Tsm
Rsb
Rgu
Bbbpu
Hal
Ggd
Sbs
Rgu
Ksm
Rgs
Pvg
Asm
Bbu
nsb
Wsp
Sls
Ssm
Gst
Vor

Gsb
sab
Pls
Rpp
Syp
Bml
Rmb
Ptm
Mks
Jmb
Abd
Jmb
bbt
दाङ । नागरीक समाज दाङले नेपाल सरकारका प्रबक्ता तथा संघिय सुचना तथा संचार मन्त्री रेखा शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ । जिल्लामा अलपत्र परेका मुख्य ३ वटा एजेन्डालाई समेटेर मन्त्री शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
दाङको मुख्य समस्यामा रहेको र बिगत ४ बर्षदेखि अलपत्र परेको घोराही-तुलसिपुर सडक,स्वास्थ्य र विमानस्थल लगायतका एजेन्डा ध्यानाकर्षण पत्रमा लेखिएको छ । भारतीय एक्जिम बैंकको सहयोगमा घोराही-तुलसिपुर सडक निर्माण गर्ने जिम्मा भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरीङ एन्ड इन्फ्रा प्रोजेक्टले पाएको थियो । तर चार बर्षमा सडकको प्रगति जम्मा १० प्रतिशत मात्र भएको छ ।
सोहि कुरा मन्त्री शर्माले ठेक्का रद्ध गरेको मिडियामा आएको थियो । अचेत अवस्थामा आएको सडकमा दुघटना हुँदा अहिलेसम्मा २५ जनाले ज्यान गुमाएका छन् । यता दाङमा हवाइ सेवा पनि नियमित भएको छैन । तुलसिपुरमा रहेको विमानस्थलको भवन मार्ग विस्तार अथवा नारायणपुरमा बन्ने भनेको विमानस्थललाई पनि बजेट बिनियोन गर्न आग्रह गरेको नागरीक समाज दाङका संयोजक केवि मसालले जानकारी दिनु भयो ।
साथै मुख्य रुपमा समस्या देखिएको बिकास निर्माणको कामलाई दाङबाट प्रतिनिधित्व गर्ने संघिय सांसद तथा मन्त्री रेखा शर्माले छिटो भन्दा छिटो बजेट सुनिश्चीता गर्नुपर्ने नागरीक समाज दाङका अभियन्ता ई. अनन्तराज घिमिरेले बताउनुभयो । साथै उहाँले दाङमा स्वास्थ्य क्षेत्र अथवा अस्पतालहरु रीफर सेन्टरको रुपमा रहेको हुँदा यो समस्याको पनि पहलकदमी लिनुपर्ने बताउनु भयो । बन्न लागेको मेडिकल कलेजमा पनि बजेटको कमिले समस्या आएको हुँदा सम्बन्धित निकायले यसमा चासो दिनुपर्ने ध्यानाकर्षण पत्र हस्तान्तरण कार्यक्रममा उपस्थित साहित्यकार तथा पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष नारायण प्रसाद शर्माले बताउनु भयो ।
प्रदेश सभा सदस्य राजु खनाल सहितको उपस्थितिमा नागरीक समाज दाङका संयोजक केवि मसालको नेतृत्व तथा समाजका अभियान्ता ई. अनन्तराज घिमिरे साहित्यकार नारायण प्रसाद शर्मा लगायतले सुचना तथा संचार मन्त्री शर्मालाई ध्यानाकर्षण पत्र हस्तान्त्ररण गरीएको हो । साथै ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री शर्माले मुख्य एजेन्डाका रुपमा रहेका दाङका समस्या छिटो भन्दा छिटो समाधान गर्न पहलकदमी चाल्ने प्रतिबद्धता ब्यक्त गनुभएको छ ।
त्यस्तै सोहि अनुरुप ४ लेन बाटोको ठेक्का सम्झौता तोडिएको बताउनु भएको थियो । नयाँ टेन्डरको लागि समय लाग्ने बताउँदै उहाँले त्यसअघि सडक डिभिजन कार्यालयले सडक मर्मत सम्भारको काम अघि बढ्ने बताउनु भयो । चार वर्षदेखि सडक अलपत्र परेको भन्दै सांसद तथा जनप्रतिनिधिहरुको चर्को आलोचना हुँदै आएको छ । विभिन्न संघ संस्थाले अलपत्र विकास निर्माणका काम सम्पन्न गर्न पछिल्लो समयमा तदारुकता देखाएका छन् ।
