सागर थापा/सिधा-पत्र क्राइम बिट प्रमुख मंगलबार, जेठ ०२, २०८०

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं ५ र ब्यवसाही विनिल केसीको आर्थिक सहयोगमा राखिएको डिजिटल बोर्डहरुको एक कार्यक्रमका बिच सोमबार उद्घाटन गरिएको छ ।

सचेतना फैलाउने उद्देश्यले तुलसीपुरको बसपार्क, वीरेन्द्र चोक, गोटिखोला र जसपुरमा डिजिटल बोर्डहरु राखिएको हो । उक्त बोर्डको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले मानवीय त्रुटिका कारण दुर्घटनाको जोखिम बढेको हुँदा सबैजना सचेत हुनुपर्ने बताए । बजारमा व्यवसाय गर्दै गर्दा अरूलाई अफ्ट्यारो नहुने गरी व्यवसाय गर्न उनले सबैलाई आग्रह गरे । दुर्घटना न्यूनिकरण गर्न स्थानिय सरकार लागिपरेको उनले बताए ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका ट्राफिक प्रमुख एसपी कृष्ण प्रसाईले अस्वस्थ प्रतिस्पर्धा र तिब्र गतिका कारण सबै भन्दा धेरै दुर्घटना हुने गरेको बताए । आफ्नो कार्यकालमा दुर्घटना तुलनात्मक रुपले घट्दै गएको उनले दाबी गरे । कार्यक्रममा राष्ट्रिय यातायात महासंघका सल्लाहकार सुरेश हमालले दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवसायी, मजदुर र ट्राफिक प्रहरी बिच नङ र मासुको सम्बन्ध हुनुपर्ने बताए ।त्यस्तै बसपार्कमा यात्रु तान्ने परम्पराको अन्त्य अझै हुन नसकेको र सिसी क्यामराको व्यवस्था नहुँदा ब्यवसाही समस्या परेको हुँदा यातायात क्षेत्र समस्या सम्बोधन हुने गरी काम गर्न स्थानीय सरकारलाई आग्रह गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]