दाङ । दाङ जिल्ला प्रहरीले दुईजना सई ओट र कार्की अवकाश भएर जादा भब्यका साथ बिदाई गरेको छ ।
नेपाल प्रहरी जस्तो पवित्र संगठनमा प्रहरी जवान पदमा नियुक्ति भई सेवा आरम्भ गरी विभिन्न कार्यालयमा कार्यरत रहि आफुलाई दिएको जिम्मेवारी त्रुटी रहित तरिकाले सम्पन्न गर्दै जेठ २ गते प्रहरी नायब निरीक्षक पदबाट नोकरी राजिनामा स्वकृतभई जानु भएका प्रहरी नायब निरीक्षकहरुलाई अवकाश पश्चात व्यक्तिगत तथा पारिवारिक जिवनको उत्तरोत्तर प्रगतिको कामना सहित सोमबार बिदाई कार्यक्रम सम्पन्न गरिएको हो ।
उक्त कार्यक्रममा यस कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमबाट बिदाई भई जान लाग्नु भएका पूर्व प्रहरी नायव निरीक्षक प्रेम बहादुर ओट र पूर्व प्रहरी नायव निरीक्षक सुरेन्द्र बहादुर कार्कीलाई खादा,अविर साथै ढाका टोपी लगाई मायाको चिनो समेत प्रदान गर्नु भएको दाङ जिल्ला प्रहरीले जानकारी दिएको छ ।