
dsbus
Ddhbs
Gsl
Csbus
Rbs
syysr
Syees
Amb
Ratbs
Bksbus5
Nssbus7
Pbu
gms
Jsbus
Ssbus
Gsbus

Pvg
Ggd
Asm
Sbs
Wsp
Hal
Rgs
Sls
Bbbpu
Gst
Rsb
Ssm
Bbu
Tsm
Ksm
Vor
Rgu
Rgu
nsb

Gsb
Jmb
bbt
Bml
Jmb
Abd
Syp
Rpp
Ptm
Rmb
Pls
sab
Mks
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर नाै धापखाेलामा रहेको भद्रक्षीदेवी प्राथमिक विद्यालयकाे नव निर्मित चार काेठे पक्की भवनको आईतवार उद्घाटन गरिएको छ।
भवनको लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर र राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गर्नु भएको हाे। संघीय सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत प्राप्त ३६ लाख र गाउँपालिकाकाे ८ लाख रुपैयाँ गरि कुल ४४ लाख रुपैयाँकाे लागतमा भवनकाे निर्माण कार्य सम्पन्न भएको हाे।
उद्घाटन कार्यक्रममा बाेल्दै लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले शिक्षा विकासको पहिलो मेरुदण्ड भएको बताउँदै शिक्षा क्षेत्रको विकास बिना अन्य विकासका कार्यहरू सम्भब नभएको बताउनुभयाे। उहाँले विद्यालयमा शिक्षा विकासका निम्ति शिक्षक,विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्ध सुमधुर हुन जरुरी रहेको बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका सभामुख घर्ती मगरले ग्रामीण क्षेत्रको आर्थिक बिकासमा टेवा पुर्याउने गरि कानुन निर्माण गर्न आवश्यक रहेको समेत बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले भवन बनाएर मात्र नहुने भन्दै गुणस्तरीय शिक्षामा ध्यान दिन जरुरी रहेको बताउनुभयो । अध्यक्ष विष्टले पालिकाले विकट बस्तीहरुलाई विशेष ध्यानमा राखि काम गरिरहेको बताउँदै क्रमश आधारभूत आवश्यकता पुरा हुदै जाने बताउनु भयो ।
त्यस्तै वडा अध्यक्ष रिम बहादुर सुनारी मगरले २०४५ सालमा स्थापना भएको विद्यालयको भवन सबैलाई पायक पर्ने सित्तल डाडामा निर्माण भएकाले विद्यालयसम्म पुग्न सबैलाई सहज हुने बताउनु भयो । साे अवसरमा शिशु कक्षा देखि कक्षा पाँचसम्म अध्यनरत गरिब विपन्न विद्यार्थीहरुलाई पालिकाकाे तर्फबाट शैक्षिक सामाग्री कापी वितरण गरिएको थियाे।
कार्यक्रममा प्रधानाध्यापक पदमा रहि लामाे समयसम्म अध्यापन गराई सरुवा भएर दुर्गा भवानी आधारभूत विद्यालय मसुरीयामा जान लाग्नु भएकी शिक्षिका यशाेदा घिमिरेलाई विद्यालय परिवारले फूलमाला र मायाकाे चिनाे प्रदान गरि विदाई गरेका थिए ।
उद्घाटन कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनामणी ओलीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरकाे प्रमुख आतिथ्यता र राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टकाे विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियोे ।
साे अवसरमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,शिक्षा,युवा तथा खेलकुद शाखाका शाखा प्रमुख विश्वास विक,सर्वाेदय माध्यमिक विद्यालयका शिक्षक कृष्ण बहादुर बुढा मगर ,सभामुखका प्रेस संयाेजक रुद्रहरी कुँवर,शिक्षक छविलाल कडेल लगायतको सहभागीता रहेको थियोे । कार्यक्रमको सञ्चालन शिक्षक रामचन्द्र चाैधरीले गर्नु भएको थियो।
