
Pbu
Ggp
Sgr
Lnp
pku
Djs
Rgp1
Pes
Srbpu
Rgp
cjs
Ses
Gfs
Unsku

Rsb
Tsm
Hal
Ggd
Bbbpu
Ssm
Wsp
Asm
Gst
Pvg
Rgu
Vor
Sbs
nsb
Ksm
Bbu
Rgs
Sls
Rgu

Jmb
sab
Gsb
Rmb
bbt
Bml
Syp
Jmb
Mks
Pls
Rpp
Ptm
Abd
चितवन । नेपाल मगर संघ बागमती प्रदेशको दोस्रो अधिवेशन चितवनकाे जिल्ला सदरमुकाम सुन्दर नगरी नारायणगढ भंगेरी मगर आमा समुहकाे कार्यालयमा शनिबार सम्पन्न भएको छ।
अधिवेशनबाट अध्यक्ष पदमा मिलन थापा मगर सहित ३५ सदस्यीय कार्यसमिति सर्वसहमत चयन हुनु भएको छ । नेपाल मगर संघ बागमति प्रदेशका अध्यक्ष राजकुमार थापा मगरकाे सभाध्यक्षता तथा नेपाल मगर संघ केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा “मगरहरुकाे एकतामा नै मगर समुदाय र मगरहरुकाे हित हुनेे हुँदा आम मगरहरु एक भएर जान सकेकाे खण्डमा मगर समुदायकाे बिकासमा जाे काेहिले विखण्डन ल्याउन नसक्ने“भनाई नेपाल मगर संघ केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगरले बताउनु भयाे ।
अधिबेशनबाट प्रथम उपाध्यक्ष सुरेन्द्र थापा मगर, द्वितीय उपाध्यक्ष खेम जर्घा मगर, महिला उपाध्यक्ष भद्रिका थापा मगर,प्रथम सचिव रामकृष्ण थापा मगर,दोस्रो सचिव इश्वर पल्ली थापा मगर,महिला सचिव सर्मिला थापा मगर,प्रशासनिक तथा न्यायिक सचिव रामकुमार बोगटी मगर,अतिरिक्त सचिव देव बहादुर राना मगर,कोषाध्यक्ष मोहन थापा मगर, सह-कोषाध्यक्ष इन्द्र थापा मगर र सदस्यहरु शुभाकर थापा मगर, रामकुमार खड्का मगर,कबिता थापा मगर,गंगा लुङ्गेलीमगर,भिमकुमारी आलेमगर, अम्बर बहादुर थापामगर,जित बहादुर सारु मगर लगायत ३५ सदस्यीय कार्यसमिति चयन भएका छन् ।
उक्त कार्यक्रमको बिशेष अतिथिमा नेपाल मगर संघ केन्द्रीय सह-अध्यक्ष गंगा बहादुर थापा मगर र नेपाल मगर संघ केन्द्रीय उपाध्यक्ष जगत रेस्मी मगर,नेपाल मगर संघ केन्द्रीय महासचिव टेक बहादुर नाम्जाली मगर, नेपाल मगर संघ उपमहासचिब तथा ने.म.सं.बागमति प्रदेश ईञ्चार्ज एकु थापा मगर र अतिथिहरु नेपाल मगर संघ केन्द्रिय सदस्यहरु ने.म. सं.चितवन,रसुवा जिल्ला ईञ्चार्ज भगवान राना मगर, ने.म.सं. केन्द्रिय सदस्य कृष्ण बहादुर राना मगर, सिताराम थापा मगर, राजकुमार थापा मगर तथा नेपाल मगर संघ चितवन जिल्ला अध्यक्ष ठाकुर सिं आले मगर लगायतको उपस्थिति रहेको थियो ।
